नक्कली मदिरा बनाएर बेच्ने मामा-भान्जा पुर्पक्षका लागि कारागार चलान
काठमाडौं, २८ माघ । नक्कली मदिरा बनाएर बेचबिखन गर्ने मामा भान्जा पुर्पक्षका लागि कारागार चलान हुनुभएको छ ।
काठमाडौं जिल्ला अदालतले रामेछापको खाँडादेवी गाउँपालिकाका २८ वर्षीय मनोज खत्री र ३६ वर्षीय विनोद कुमार कार्कीलाई थुनामा पठाउन आदेश दिएको हो ।
गत माघ २ गते काठमाडौंको थलीमा रहेको नक्कली मदिरा उत्पादन गर्ने कारखानमा प्रहरीले छापा मारेर मामा भान्जालाई पक्राउ गरेको थियो । मामा भान्जासँगै पक्राउ पर्नुभएका सिन्धुलीका २८ वर्षीय गौरव तामाङ भने ४० हजार धरौटीमा रिहा हुनु भएको छ ।
यस्तै, एक जना नाबालकलाई ‘जिम्मा जमानी’ मा छोडिएको छ ।
अभियुक्त सुमन नगरकोटीसँग १ लाख, लेख विक्रम थापासँग ४० हजार, मनिष खत्रीसँग १५ हजार, महेश खत्री १५ हजार र मोहन खड्कासँग १५ हजार धरौटी माग गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #नक्कली मदिरा बनाएर बेच्ने मामा-भान्जा पुर्पक्षका लागि कारागार चलान
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्