Techie IT
बिहीबार, कात्तिक २७,२०८३

एमाले तारकेश्वर ९ को वडा अधिवेशन : श्रीकृष्ण मर्हजनको अध्यक्षतामा १७ सदस्सीय कमिटि सर्बसम्मत


नेकपा एमाले तारकेश्वर वडा नं ९ को वडा अधिवेशन सम्पन्न भएको छ । वडा अधिवेशनले बश्री कृष्ण महर्जनको अध्यक्षतामा १७ सदस्सीय वडा कमिटि सर्बसम्मत चयन भएको राष्ट्रिय युवा संघ तारकेश्वर नगर कमिटिका अध्यक्ष सुनिल मर्हजनले बताउनुभयो ।

 

उहाँका अनुसार नेकपा एमाले तारकेश्वोर नगरपालिका वडा नं ९ को दोस्रो वडा अधिवेशन बाट सर्वसम्मत निर्वाचित हुनुभएका उपाध्यक्ष मा बाबुलाल महर्जन , सचिबमा गोबिन्द रिमाल, सह सचिबमा दिलमाया महर्जन , सह सचिबमा सुर्य लाल महर्जन चयन भएका छन ।

कार्यक्रमको प्रमुख अतिथिका रुपमा एमाले बागमति प्रदेशका उपसिचव भक्तकुमारी लामा हुनुहुन्थ्यो भने बागमति प्रदेश सचिवालय सदस्य श्याम घिमिरे , सीताराम रेग्मी , प्रदेश सभा सदस्य अमन मास्के , काठमाडौ जिल्ला अध्यक्ष दीपक निरौलाको उपस्थीती रहेको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #एमाले तारकेश्वर ९ को वडा अधिवेशन


तपाईको कमेन्ट लेख्नुहोस्