हिमालय सीमापार: महासचिवको मैदानमा सचिव पराजुली, जितको सम्भावना कति ?
काठमाडौँ । शनिबार हुने हिमालय सीमापार वाणिज्य संघको अधिवेशनले चुन्ने नयाँ नेतृत्वका लागि चुनावी रस्साकस्सी बढेको छ । शनिबार उद्घाटन भएर आइतबार बन्दसत्रको मिति तोकिएको अधिवेशनमा अध्यक्षका लागि लोप्साङ शेर्पा र रामहरी कार्कीबीच चुनाव हुने निश्चित छ । त्यस्तै महासचिवमा भने अहिलेका वरिष्ठ सचिव भक्त पराजुली मैदानमा छन् । विगतदेखि नै व्यापारी तथा व्यवसायीको हकहितमा आवाज उठाउँदै आएका सचिव पराजुलीले नै महासचिवको बाजी मार्ने सम्भावना प्रबल रहेको संघका सदस्यहरुले बताउँदै आएका छन् । स्पष्टवक्ता एवम् मिलनसार स्वभावका पराजुली कार्यकारी भूमिकामा आए संस्थाले अझ सशक्त ढंगमा काम गर्नसक्ने उनीहरुको बुझाइ छ । पराजुली संस्थाको साधारण सदस्य र कार्यसमिति सदस्यहुँदै सचिव भएका हुन् । उनले कुशलतापूर्वक निर्वाह गरेको सचिवको भूमिकाले महासचिवमा पुग्न सहयोग पुर्याउने सदस्यहरुको भनाइ छ । त्यस्तै वरिष्ठ उपाध्यक्षमा गंगाबहादुर घिमिरे ‘सागर’ र सचिवमा आङदोर्जे शेर्पाको जितको सम्भावना प्रबल गरेको बताइएको छ । संघको प्रथम उपाध्यक्ष उपाध्यक्ष, कोषाध्यक्ष, सहकोषाध्यक्ष र केही सदस्यहरु निर्विरोध निर्वाचित भइसकेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #जितको सम्भावना कति ?, #हिमालय सीमापार वाणिज्य संघ, #हिमालय सीमापार: महासचिवको मैदानमा सचिव पराजुली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्