१७ हजारभन्दा बढी बालबालिकालाई दादुरा–रुबेला खोप लगाइने
तानसेन, माघ २६ गते । पाल्पाका १७ हजारभन्दा बढी बालबालिकालाई दादुरा–रुबेला खोप लगाउने तयारी गरिएको छ । पाँच वर्षमुनिका करिब १७ हजार ८४५ बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाउने तयारी गरिएको हो ।
पाल्पाका १० वटा पालिकामा दुई चरणमा दादुरा–रुबेलाविरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । कार्यालयका अनुसार आगामी फागुन १३ गते १६ गतेसम्म पहिलो चरणको खोप अभियान सञ्चालन हुनेछ । पहिलो चरणमा जिल्लाको तानसेन, रिव्दीकोट, बगनासकाली, रैनादेवी छहरा, माथागढी र तिनाउ गाउँपालिकामा खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्रकुमार गिरीले जानकारी दिनुभयो ।
यस्तै, दोस्रो चरणअन्तर्गत फागुन २१ गतेदेखि २४ गतेसम्म रामपुर, रम्भा, पूर्वखोला र निस्दी गाउँपालिकामा अभियान सञ्चालन हुने उहाँले बताउनुभयो ।
अभियान सुरु गर्नुअघि जिल्लास्तरीय सूक्ष्मरुपमा योजना बनाउने, स्वास्थ्यकर्मीहरूलाई तालिम गर्ने, विभिन्न सरोकारवालासँग अन्तरक्रिया र प्रचारप्रसारको कार्यक्रम हुनेछ । दादुरा–रुबेला खोप जिल्लाका २५० वटा खोप केन्द्रमा लगाइने स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी टीकाराम अधिकारीले जानकारी दिनुभयो । दादुरा–रुबेला खोप लगाउने सबैभन्दा धेरै तानसेन र रामपुर नगरपालिकाका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #१७ हजारभन्दा बढी बालबालिकालाई दादुरा–रुबेला खोप लगाइने, #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्