थानकोट–चन्द्रागिरी सडक : थप छ करोड बजेट विनियोजन
काठमाडौं, माघ २४ गते । सरकारले थानकोट–चन्द्रागिरी सडकमार्गलाई थप छ लाख बजेट विनियोजन गरेको छ । गयोशमान सिंह मार्ग नाम गरेको उक्त सडकमार्गमा बजेट अभावका कारण धराप खेपेको भन्दै आलोचना भएपछि सरकारले सडकको स्तरोन्नतीका लागि बजेट विनियोजन गरेको छ ।
उक्त सडक हेर्ने सडक डिभिजन कार्यालय काठमाडौंका सूचना अधिकारी प्रमोद खतिवडाका अनुसार यस आयोजनाका लागि चालू आर्थिक वर्षका लागि २२ करोड रकम माग गरिए पनि पहिले दुई करोड मात्र बजेट विनियोजन भएको थियो । अहिले थप पाँच करोड ९९ लाख बजेट विनियोजन भएको उहाँको भनाइ छ ।
बजेट अभाव भएको भन्दै कार्यालयले सडक सुधारको काम गरेपछि सडकमार्गको थानकोट–चन्द्रगिरी खण्ड उच्च जोखिमयुक्त रहेको छ ।
थानकोटबाट चन्द्रागिरीतर्फ उकालानेमा पाँच सयमिटर कालोपत्र गर्न सम्झौता भए पनि मागेको बजेटको १० प्रतिशत कम आएपछि अन्य तर्फ काम गर्न नसकिने खतिवडाको भनाइ छ ।
उहाँले भन्नुभयो, “यस सडकका लागि माग गरिएको २२ अर्ब रुपियाँ थियो । पहिले दुई करोड रुपियाँ मात्र बजेट विनियोजन भएको थियो । अहिले थप पाँच करोड ९९ लाख बजेट छुट्याइएको छ । यसले बाटो चौडा गर्ने र बाटोको साइज मिलाउने काम मात्र गर्न सकिन्छ ।”
यो आर्थिक वर्षमा यस सडक खण्डका लागि कुल सात करोड ९९ लाख बजेट परेको छ । उहाँका अनुसार यस सडकमा कालोपत्रे गर्ने योजना रहेपनि बजेटको अभावका कारण तत्काल गर्न सकिने सम्भावना छैन ।
रौतहट चन्द्रपुर, बारा निजगढ, पर्सा, वीरगञ्ज, मकवानपुर हेटौडा र थाहा नगरलगायत स्थान जाने छोटो दूरीको मार्ग चन्द्रागिरी सडकमा दैनिक हजारौँ यात्रु जोखिम मोलेर हिँड्ने गरेका छन् ।
यस सडकखण्डमा तीन साता अघिमात्र सवारी दुर्घटनामा एकै परिवारका चार जनाले ज्यान गुमाएका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #थानकोट–चन्द्रागिरी सडक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्