१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ४९ वर्षका पुरुष पक्राउ
सर्लाहीमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ४९ वर्षका पुरुष पक्राउ परेका छन् ।
बालिकालाई बलात्कार गरेको आरोपमा हरिपुर नगरपालिका-७ चिताइनका ४९ वर्षीय सिकिन्द्र चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
‘गएको शनिबार दिउँसो घरमा कोही नभएको मौका छोपेर चौधरीले पीडित बालिकाको घरमै गएर बलात्कार गरेको अनुसन्धानको क्रममा खुलेको छ,’ सर्लाहीका प्रहरी नायव उपरीक्षक दीपेन्द्र पञ्जियारले भने, ‘चौधरीलाई १० दिनको म्याद थप गरेर घटनाको अनुसन्धान प्रक्रिया अघि बढाएका छौँ ।’
बालिकाले टीभीको रिमोट बिग्रिएको भन्दै बनाउन बोलाएपछि चौधरी बालिकाको घरमा पुगेका थिए । घरमा कोही नभएको थाहा पाएपछि उनले बालिकालाई जबर्जस्ती करणी गरेका प्रहरीको भनाई छ ।
साँझ कामबाट घरमा फर्किएका अभिभावकले बालिकालाई रोइरहेको अवस्थामा देखेपछि सोधीखोजी सुरु गरेका थिए ।
बालिकाले अभिभावकलाई घटनाको जानकारी गराएपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए । उनलाई शनिबार राति घरैबाट पक्राउ गरिएको डीएसपी पञ्जियारको भनाई छ ।
पक्राउ परेका चौधरी श्रीमती र छोराछोरी भएका व्यक्ति हुन् । उनी शारीरिक रुपमा अपांगता भएका व्यक्ति भएका प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #बालिकालाई बलात्कार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्