१५ वर्षदेखि अमेरिकामा रहेका साम्बेद अधिकारीले “ लैजाउ मलाई” भन्दै सार्वजनिक गरे लिरिकल भिडियो
काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेसंगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन्।
सोही क्रममा गायक साम्बेद अधिकारीको नयाँ गीत “ लैजाउ मलाई” बोलको लिरिकल भिडियो सार्वजनिक भएको छ । यस गीतमा गायक अधिकारी अलराउण्डर भूमिकामा देखिएका छन् । स्वर, शब्द, संगीत, गीतको एरेञ्ज र मिक्सिङ अधिकारी आफैले गरेका छन्। यस गीतलाई
साम्बेद अधिकारी युुटुब च्यानलबाट केही दिन अगाडी मात्र सार्वजनिक गरिएको हो । आम दर्शक श्रोताहरुले गीतलाई माया गरिदिएर रुचाउनु भयो भने गीतको भिडियो नि बनाउने गायक अधिकारीले बताएका छन्। उनले गिटार बजाएर बनाएको सानो- सानो भिडियो भने यस अघि नै इन्स्ट्राग्राममा राख्ने गरेका थिए भने आधिकारिक रुपमा आफ्नो शृजनालाई युटुबमा पहिलोपटक सार्वजनिक गरेका हुन्। गीतमा आफ्नो आशा, भरोसा र कसै प्रतिको चाहना प्रस्तुत गरिएको छ।
काठमाडौं सामाखुशी घर भएका ३४ वर्षीय अधिकारी १५ वर्षदेखि भने अमेरिकामा रहेका छन्। उनको संगीत क्षेत्रमा एकदम धेरै रुचि देखिएको छ। त्यस्तै रुचिले गर्दा उनले १२ वर्षदेखि नै गिटार बजाउन थालेका थिए। अधिकारीले गीत संगीतमा रुचि भएपनि परदेशी भूमिबाट बजारमा ल्याउन परदेशी गारो रहेको समेत बताएका छन् । उनले नेपाली समाज, संस्कृति र चासो कस्तो भएको छ भन्ने कुराहरुमा राम्रोसंग भिज्न नपाउँदा दर्शक श्रोताको चाहना अनुसार गीत ल्याउन केही कठिन हुने बताएका छन्। त्यति मात्र नभएर गीत संगीतको लागी आवश्यक सामाग्रीहरु जुटाउन समेत कठिन हुने बताए। नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउनको लागी अधिकारी लागिरहेका छन्।
भर्खरै सार्वजनिक भएको गीतको लिरिकल भिडियो हेर्नुहोस:
उनी अमेरिकामै रहे पनि त्यँहा एकदम राम्रो गिटारिस्टको रुपमा स्थापित भईसकेका छन्। अधिकारीले अमेरिकाकै ब्याण्डसंग काम गरेका छन्। .
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्