Techie IT
शुक्रबार, असार ६,२०८२

बालाजुमा प्रेमीको कोठामा अर्कै युवती देखेपछि सलमा झुण्डिएर आत्महत्या


काठमाडौँ । काठमाडौँको बालाजुमा एक युवती मृत भेटिएकी छिन् । त्रिपुरेश्वरमा बस्दै आएकी जेनी तामाङ १९ वर्षीय जेनी तामाङ उनको प्रेमीको कोठामा मृत भेटिएकी हुन् । 

जन्मदिन मनाउन उनी असार ३० गते प्रेमी भीम मगरको बालाजुस्थित कोठामा गएकी थिइन् । तर, भीमको कोठमा अर्कै युवती देखेपछि उनीहरुबीच विवाद भएको थियो । विवादले झगडाको रुप लिएपछि उनले शौचालयमा गएर सलमा झुण्डिएर आत्महत्या गरेकी हुन् ।

त्यसपछि उनले प्रहरीलाई खबर गरेका थिए । हाल प्रहरीले भीम र उनीसँगै रहेकी अर्की युवती प्रविना नगरकोटीलाई पक्राउ गरेर अनुसनधान गरिरहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #प्रेमीको कोठा, #बालाजु


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Drizzle
5:07 am7:03 pm +0545