Techie IT
बिहीबार, कात्तिक २७,२०८३

माल्टाका गृहमन्त्री क्यामिलेरीसँग एनआरएनए युरोप युवा संयोजक भण्डारी नेतृत्वको प्रतिनिधीमण्डलद्वारा भेटबार्ता


 

माल्टा,गैर आवासीय नेपाली संघ एनआरएनए युरोप युवा संयोजक प्रकाश भण्डारीको नेतृत्वमा गएको प्रतिनिधीमन्डलले माल्टा सरकारका गृहमन्त्री बायरन क्यामिलेरी सँग भेटघाट तथा छलफल गरेको छ ।

भण्डारीसहित एनआरएनए माल्टाका महासचिब सन्देश के सी, लेखा समिती संयोजक राजेन्द्र भण्डारीसहितको डेलिगेसन टिमले ईतिहासमै पहिलो पटक माल्टा सरकारका गृहमन्त्री सँग नेपालीहरुको समस्या र समाधानको खोजिको बिषयमा छलफल गरेको हो । नेपाली डायस्पोराले पहिलोपटक माल्टामा उच्च ओहोदाको ब्यक्तित्वसँग भेटघाट गरेको हो ।
उक्त प्रतिनिधीमन्डलले भेटघाटमा माल्टामा पछिल्लो समयमा नेपालीहरुलाई आई पर्ने समस्या र समाधानको विषयमा समेत छलफल गरेका थिए । भेटघाटमा माल्टा सरकारले ल्याएको नयाँ नियम(Skill Card) , नेपालीहरुको विभिन्न समयमा आईपर्ने समस्याहरु जस्तै जव प्लस, टर्मिनेसन पश्चातको १० दिने टाईमको दायरा खुल्ला बनाउने,इमिग्रेसन,
आइडेन्टिटा, लाईसेन्सको डेट र लिखीतमा नेपाली टान्सलेट सम्बन्धी बिषय लगायत हाउजिङ अकोमोडेसनका बारेमा गृहमन्त्रीसँग कुराहरु राखेको एनआरएनए युरोप युवा संयोजक भण्डारीले बताए । भेटघाटमा गृहमन्त्री बायरन क्यामिलेरीले नेपालीहरुको समस्यालाई आफ्नो तर्फबाट सम्बोधन गर्ने आश्वासन दिएका छन । भेटमा नेपाली राजदुताबासबारे उनको जिज्ञासा र माल्टामा रहेका नेपालीहरुको आबश्यक्ता बारे चासो ब्यक्त गर्नुका साथै छिट्टै नै माल्टाका आधिकारीक निकायहरुको साथमा नेपालीहरुको लागी ओरेन्टेसन कार्यक्रम राख्न गृहमन्त्री बायरन क्यामिलेरीले सहयोग गर्ने प्रतिबद्दता जनाएका छन ।उक्त प्रतिनीधिमन्डलले नेपालीहरुको समस्याहरु अव छिट्टै नै सम्बोधन हुनेमा बिश्वास लिएको छ । साथै गृहमन्त्री बायरन क्यामिलेरीले आफ्नो बहुमुल्य  समय दिएकोमा उनलाई  धन्यबाद दिदैं छिट्टै नै माल्टा सरकारका प्रधानमन्त्रीसँग पनि भेटघाटको तालिका तय गर्ने एनआरएनए माल्टाले जनाएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्