दोस्रो पतिको चरित्र हत्या गर्दै शिल्पा , दोस्रो विवाह पनि फापेन
काठमाडौं । फिल्म निर्माता छविराज ओझा र उनकी कान्छी पत्नी शिल्पा पोखरेलबीचको घर झगडा साम्य हुने कुनै संकेत देखिएको छैन ।
घरझगडालाई पोखरेलले मिडिया र सामाजिक सञ्जालमा छताछुल्ल बनाएपछि ओझाको मन कुडिएको छ । ओझाले कान्छी पत्नी पोखरेललाई न्याय दिने समेत बताएका छन् ।
नायिका पोख्रेलले श्रीमानबाट आफूलाई घरेलु हिंसा भएको र जीउज्यानको सुरक्षामा खतरा रहेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् ।
युट्युब अन्तर्वार्ताहरूमा नायिका समेत रहेकी पोखरेलले रुदै ओझामाथि नानाथरी आक्षेपहरू लगाउन थालेकी छिन् । पोखरेलले युट्युब अन्तर्वार्तामार्फत संगिन आरोपहरू लगाएपछि ओझाले ती सबै आरोपहरू खारेज गरिदिएका छन् ।
दुवै पक्षलाई बोलाएर प्रहरीले कुरा मिलाएर पठाएको थियो । ओझाले आफ्नो गल्तीका लागि माफी मागिसकेका छन् ।
नायिका पोखरेलले विवाहको तीन वर्षको अवधिमा धेरै पटक आफूलाई श्रीमान ओझाले हातपात गरेको दाबी आफ्ना अन्तर्वार्ताहरूमा गरेकी छिन् ।
ओझाले अहिलेसम्म कुनै पनि श्रीमतीलाई अन्यायमा नपारेको बताएका छन् । ५२ वर्षको उमेरमा तीन श्रीमतीसँग सम्बन्ध विच्छेद गरेर अब चाहिँ सहज रुपमा जीन्दगी बिताउन सक्छु जस्तो लागेर पोखरेलसँग विवाह गरेको ओझाले बताउँदै आएका छन् ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #छविराज ओझा, #शिल्पा पोखरेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्