नाङ्गे पम्पिङ्ग खानेपानी तथा सरसफाई उपभोक्ता समितिकाे अध्यक्षमा याेगेन्द्र खनाल, सचिवमा यशाेदा चयन
गाेरखा। गाेरखाकाे भिमसेनथापा गाउँपालीका वडा नं ३ नाङ्गे मा खानेपानी आपूर्ति गर्दै आएको नाङ्गे पम्पिङ्ग खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा याेगेन्द्र खनाल चयन हुनुभएको छ । आइतबार सम्पन्न १३ औ वार्षिक साधारणसभा तथा छैंटाै औ अधिबेशनले याेगेन्द्रको अध्यक्षतामा सर्वसम्मत रूपमा नयाँ संचालक समिति चयन गरेको हो । संचालक समितिको सचिवमा यशाेदा खनाल, कोषाध्यक्षमा भाेज कुमरी धमला चयन हुनुभएको छ । सदस्यहरूमा सेतु प्रसाद लामिछाने, कमलदेव खनाल, सुर्य प्रसाद खनाल, तिलक प्रसाद लामिछाने, बिन्दा धमला, र गाेमा रिमाल चयन हुनुभएको छ ।
अधिबेशन को भिमसेनथापा गाउँपालिका ३ का वडा अध्यक्ष ऋषिराम लामिछानेले उद्घाटन गर्नुभएको थियो । उहाँले संस्थाले गाँउबासीलाई खानेपानीको सहज उपलब्धता गराउन खेलेको भूमिका रचनात्मक रहेको बताउँदे आगामी दिनमा थप व्यवस्थित खानेपानीको उपलब्धता हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा यस संस्थाले ३ नम्बर बडा नाङ्गे, बेलबाेटे क्षेत्रमा करिब ८० घरधुरीका ५०० सय जनसंख्यालाई खानेपानी आपूर्ति गर्दै आएको जानकारी गराईएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष याेगेन्द्र खनालले संस्थाको सम्पूर्ण पक्षको बारेमा, सचिब यशाेदा खनालले बार्षिक प्रतिबेदन र कोषाध्यक्ष भाेज कुमारी धमलाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो
क्याटेगोरी : समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्