ब्लड क्यान्सरबाट ग्रसित दिवस खनाललाई धावा गोरखा दिल्ली सम्पर्क समितिद्वारा १ लाख तिन सय सहयाेग
काठमाडौं । गोरखाका भिमसेनथापा ३ का ब्लड क्यान्सर पीडित बालकलाई सहयोग रकम हस्तान्तरण गरिएको छ ।
भिमसेनथापा गाउँपालिका वडा नम्बर–३ का ब्लड क्यान्सरबाट पीडित १४ वर्षीय दिवस खनालको उपचारको लागि आर्थिक सहयोग उपलब्ध गराएको छ ।
धावा गोरखा सम्पर्क समिति दिल्लीबाट रकम संकलन गरी ब्लड क्यान्सर पीडित बालकलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको हो । धावा गोरखा सम्पर्क समितिका अध्यक्ष यामलाल शाक्यले संकलन भएको एक लाख तीन सय तेह्र रुपैयाँ ब्लड क्यान्सर पीडित बालकका आमा बिमला खनाललाई उत्त रकम हस्तान्तरण गरेका हुन् ।
रकम हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेसका पूर्व क्षेत्रिय सचिव बासुदेव भट्ट, धावा काठमाण्डाै विकास समन्वय समितीका अध्यक्ष बिकास लामिछाने, रास्वपा भिमसेनथापा गा.पा का सभापती राम चन्द्र पाेखरेल, धावा वडा नं ४ का वडा सदस्य शैलेन्द्र शाक्य, नेपाली कांग्रेस धावा काठमाण्डाैं सम्पर्क समितीका अध्यक्ष नवराज सिंम्खडा, पत्रकारहरू विमल बाबू भट्ट, राजु भट्ट, ऋषि खनाल( ऋतिक) तथा भिमसेनाथापाका समाजसेवी हरूकाे उपस्थिती रहेकाे थियाे ।
बिमला खनालले सबैको सहयोग र साथले छोराले नयाँ जीवन जिउन पाएको र उपचारमा आर्थिक सहयोग गर्ने सबैलाई उहाँले धन्यवाद दिनुभयो ।
सामान्य परिवारका सदस्य उनको उपचारमा समस्या भएपछि परिवारले सहयोगको आग्रह गरेका थिए ।
उक्त सहयाेग रकम संकल्न कार्यक्रमकाे सम्नवय श्री संस्कृत मा.वी का शिक्षक भगवान शाक्य र वडा सदस्य शैलेन्द्र शाक्यले गर्नु भएकाे थियाे । रकम सहयाेग गर्ने हरुको नामावली यसप्रकार छन् ।

क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्