झापामा भेटिइन् दादुरा संक्रमित बालिका
विराटनगर, ५ माघ । झापाको बिर्तामोडमा एकजना बालिकामा दादुराको संक्रमण देखिएको छ । बिर्तामोड नगरपालिका–३ की ५ वर्षीया बालिकामा दादुरा संक्रमण पाइएको हो ।
लक्षण देखिएपछि उहाँलाई उपचारका लागि बिर्तामोड नगर अस्पतालमा राखिएको छ । उहाँको रगत परीक्षण गर्दा दादुरा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
बालिकालाई औषधि दिएर आइसोलेसनमा राखिएको छ । अस्पतालका स्वास्थ्यकर्मीका अनुसार बालिकालाई दादुराको दुईवटै खोप लगाइएको थियो ।
यसैबीच, झापा गाउँपालिकाको एकै गाउँका ६ जनामा दादुरा संक्रमण देखिएपछि घरधुरी सर्वेक्षण गर्न थालिएको छ । यसबारे चेतनामूलक कार्यक्रम पनि गर्न थालिएको छ ।
झापा गाउँपालिका–७ को सन्थाल बस्तीमा दादुरा संक्रमण देखिएको हो । ७ वर्षदेखि ३७ वर्षसम्मका उमेर समूहका संक्रमितहरु चारजना महिला र दुईजना पुरुष रहेको जनाइएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
दादुरा संक्रमण पाइन थालेपछि जिल्ला स्वास्थ्य कार्यालयले दादुरा खोपको अभियान सञ्चालन गर्ने तयारी गरेको छ । यसका साथै कसैमा दादुरा संक्रमणको लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न पनि कार्यालयले आग्रह गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : ##breaking news, #झापामा भेटिइन् दादुरा संक्रमित बालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्