एमाले काठमाडौंले माघ २० गते युवा महोत्सव आयोजना गर्ने
काठमाडौं । नेकपा एमाले काठमाडौंले काठमाडौंमा युवा महोत्सव २०८० आयोजना गर्ने भएको छ । एमाले काठमाडौंले समृद्धिका लागि युवा भन्ने मूल नाराका साथ माघ २० गते काठमाडौंमा युवा महोत्सव आयोजना गर्न लागेको हो ।
युवालाई पार्टीसँग जोड्न सो महोत्सव आयोजना हुन लागेको नेकपा एमाले पोलिटब्युरो सदस्य एवं काठमाडौं जिल्ला इञ्चार्ज आनन्द पोखरेलले जानकारी दिनुभयो ।

युवालाई परिचालित गरेर युवालाई पार्टी प्रति ध्यानाकर्षण गराउन सो महोत्सव फलदायी हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । महोत्सवमा युवालाई मोटिभेसन गर्ने खालका स्पिचहरु राखिने उहाँले बताउनुभयो ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि सो महोत्सवमा मोटिभेसनल विचार राख्ने उहाँले जानकारी दिनुभयो । महोत्सवमा युवालाई विभिन्न प्राविधिक विषयमा समेत जानकारी दिइने उहाँले बताउनुभयो ।
संसदीय अभ्यास कसरी सञ्चालन हुन्छ भन्ने विषयमा समेत युवालाई महोत्सवमा जानकारी दिने कार्यक्रम रहेको उहाँले प्रष्ट पार्नुभयो ।
सोही अवसरमा एमाले काठमाडौ जिल्ला कमिटिका अध्यक्ष दीपक निरौललो फागुन ५ गते शिवपुरी स्थीत धाप डुयाम बिशेष कार्यक्रम र माघ २० गते टुँडीखेलमा हुने युवा महोत्सवका बारे बताउनुभएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #एमाले काठमाडौंले माघ २० गते युवा महोत्सव
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्