क्रिस्चियन धर्म प्रचारका लागी भित्रियो १ सय अर्ब
अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ)ले १ सय अर्ब रकम नेपाल सरकारलाई झुक्याएर भित्र्याएका छन् । यस्ता संस्थाले रकम ल्याउँदा नेपाल सरकारको अनुमति लिनुपर्ने कानुनी प्रावधान छ । तर, नेपालमा सक्रिय एनजीओ तथा आईएनजीओले सरकारी बजेटको एकचौथाइ रकम बर्सेनि भित्र्याउने गरेका छन् । उक्त रकमको तथ्यांक सरकारी निकाय समाजकल्याण परिषद्सँग छैन । महालेखापरीक्षकको कार्यालयमा पठाइएको विवरणमा भने सरकारलाई रकम भित्र्याइएको तथ्य फेला परेको छ ।
नेपालमा काम गर्ने अनुमति पाएका आई÷एनजीओले यो आर्थिक वर्षमा ५७ अर्ब भित्र्याउने प्रतिबद्धता परिषद्समक्ष गरेका थिए । महालेखापरीक्षकको कार्यालयले १ सय १ अर्बभन्दा बढी रकम भित्र्याएको पाइएको जनाएको छ । आईएनजीओको विवरण र परिषद्को विवरण नमिलेपछि महालेखाले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई पत्राचार गरेको छ ।
‘विवरण धेरै अमिल्दा भयो । त्यसपछि हामीले मन्त्रालयलाई पत्राचार गर्यौं । मन्त्रालयले एनजीओ र आईएनजीओको बैंक खाता चेक गरेको रहेछ’, महालेखापरीक्षक कार्यालयका दामोदर पुडासैनीले भने, ‘गैरकानुनी रूपमा भित्र्याइएको रकम एनजीओ र आईएनजीओको बैंक खातामा भेटिएको छ ।’
सरकारलाई छलेर आईएनजीओले रकम भित्र्याउने गरेका छन् । परिषद्ले अनुसन्धान र कारबाही नगर्दा भित्रिने रकमको मात्रा यो वर्ष धेरै बढेको छ । नेपालभर १ लाख गैररकारी संस्था सक्रिय छन् । उनीहरू आफूले भित्र्याएको रकम परिषद् र अर्थ मन्त्रालयलाई बुझाउँदैनन् । केही मात्रामा बुझाए पनि अधिकांश रकम उनीहरूले आफ्नै बैंक खातामा राख्ने गरेका छन् ।
यस्ता संस्थाले कुन प्रयोजनका लागि यति धेरै रकम भित्र्याए भनेर त्यसको कार्यक्रम पनि सरकारलाई दिएका छैनन् । धेरै रकम क्रिस्चियन धर्मसँग सम्बन्धित गैरसरकारी संस्थाले भित्र्याएको भेटिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #क्रिस्चियन धर्म प्रचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्