Techie IT
बिहीबार, कात्तिक २७,२०८३

क्यानेडियन स्टडी सेन्टरले नयाँ बर्षको अवसरमा सेवा शुल्क नलिने


लामो समय देखि क्यानडा अध्ययनका लागि जाने विद्यार्थीहरुलाइ परामर्श दिदै आएको क्यानेडियन स्टडी सेन्टर कमलादीले अग्रेजी नयाँ बर्षको अवसरमा आफ्नो सेवा शुल्क नलिने भएको छ।

क्यानेडियन स्टडी सेन्टर कमलादीका निर्देशक सिवेन्द्र सुबेदीका अनुसार जनवरी फस्ट देखि जनवरी अन्तिम सम्म क्यानेडियन स्टडी सेन्टर कमलादीबाट अप्लाई गर्ने विद्यार्थीहरुले यो सुबिधा पाउने छन्। क्यानेडियन स्टडी सेन्टर कमलादी आइटी प्लाजामा छ।

क्यानडका लागि मात्र विद्यार्थीहरुलाई परामर्श दिँदै आएकोले पनि विद्यार्थीको पहिलो रोजाई क्यानेडियन स्टडी सेन्टर बन्दै आएको छ । पछिल्लो समय अध्ययनका लागि क्यानडा नेपाली विद्यार्थीहरुको पहिलो गन्तव्य बनेको छ । क्यानडाका विश्वविद्यालय तथा शैक्षिक संस्थाहरु विश्वभरी नै उच्च स्थान हासिल गर्न सफल छन् ।

क्यानेडियन स्टडी सेन्टर कमलादीले वैदेशिक शिक्षाका लागि गर्नुपर्ने तयारी, विद्यार्थी र अभिभावकहरुले विदेश जानुपूर्व गर्नुपर्ने तयारी, अपनाउनुपर्ने सतर्कतालगायतका बारेमा जानकारी गराउछौँ आएको छ।

 


क्याटेगोरी : समाचार
ट्याग : #क्यानेडियन स्टडी सेन्टर


तपाईको कमेन्ट लेख्नुहोस्