चीनले उत्पादन गरेको बिजुली लैजानेमा भारतको ‘रिजर्भेसन’ छः प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीन सरकारले उत्पादन गरेको बिजुली किन्ने कुरामा भारतको ‘रिजर्भेसन’ रहेको बताएका छन्।
प्रधानमन्त्री दाहालले बुधबार प्रतिनिधिसभाको कानुन न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले बिजुली उत्पादनमा सबै स्वतन्त्र रहेको बताए।
‘दीर्घकालीन विद्युत व्यापार परियोजनामा भारतीय कम्पनीले मात्रै बनाएको लैजाने भन्ने हैन,’ प्रधानमन्त्री दाहालले भने, ‘विद्युत उत्पादनमा सबै स्वतन्त्र छन्। यद्यपी चीन सरकारले प्रत्यक्ष लगानी गरेको आयोजना लिनेमा भारत सरकारको रिजर्भेसन छ। चीन सरकारले भनिदिनु भएन, ग्लोबल टेन्डरबाट भन्नुपर्यो भनेर चीनले भनिरहेको छ। हामीले छलफल गरिरहेका छौं।’
गत पुस १९ गते नेपाल-भारत संयुक्त आयोगको बैठकमा भारतले नेपालबाट १० वर्षमा १० हजार बिजुली निर्यात गर्न सक्नेगरी विद्युत व्यापार सम्झौता भएको थियो।
‘नेपालमा उत्पादन भएको बिजुली लैजाने भनिएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यद्यपी चीन सरकारले प्रत्यक्ष लगानी गरेको आयोजना लिनेमा भारत सरकारको रिजर्भेसन छ।’
उनले ग्लोबल टेन्डरबाट चिनियाँ कम्पनीले विद्युत उत्पापदन गरेको छ भने त्यसलाई चीनले उत्पादन गरेको भनेर नबुझिदिन भारतीय पक्षलाई कन्भिन्स गराउने पक्षमा आफूहरू रहेको बताए।
क्याटेगोरी : समाचार
ट्याग : ## breakingnews, #पुष्पकमल दाहाल
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्