भत्किने अवस्थामा ट्राफिक कार्यालय

सप्तरी, २४ गते । सप्तरीको जिल्ला ट्राफिक कार्यालय जीर्ण भएर बस्न अयोग्य भइसकेको छ । देशको पुरानो मध्येको एक हो सप्तरीको जिल्ला ट्राफिक प्रहरी कार्यालय । वर्षौँदेखि यो कार्यालयको भौतिक संरचना निर्माणमा कसैको चासो नहुँदा यहाँको भवन जीर्ण बनेको हो ।
कार्यालय प्रमुखको रूपमा इन्स्पेक्टर सहित ३२ जनाको दरबन्दी रहेको यहाँको भवनमा स्थापना कालदेखि हालसम्म २६ वटा कार्यालय प्रमुख फेरिसक्यो तर कार्यालय भवन कहिले बनेन ।२०७२को भूकम्प यता भवन कामकाज सञ्चालन गर्नै नसक्ने तथा बस्नै नहुने गरी जीर्ण भइसकेको कार्यालय प्रमुख मेदानी प्रसाद साहले बताउनुभयो । साल २०५५ मा स्थापना भएको यो कार्यालयले सप्तरीको सडक सुरक्षादेखि यातायात व्यवस्थापन तथा ट्राफिक व्यवस्थापनमा सक्रिय काम गर्दै आइरहेको छ ।
कार्यालय संरचना मर्मत र पूर्ण निर्माणको लागि कार्यालयले सरोकारवाला निकायहरूलाई दर्जनौँ पत्र मार्फत आग्रह गरिसकेको छ । तर वर्षौँ बितिसक्दा नेपाल सरकारले भवन निर्माणमा चासो नलिँदा कार्यालय प्रमुखदेखि ट्राफिक प्रहरी जवानहरूलाई बस्न समस्या भएको हो । कार्यालयको आफ्नै प्रशस्त जग्गा हुँदाहुँदै भवन अभावमा हामीलाई भाडाको घरमा बस्नु परेको कार्यालय प्रमुख साहले भन्नुभयो । राती ड्युटी हुने हामी धेरैले त चर्केको जीर्ण भवनमै ज्यानकै जोखिम उठाएर पनि बस्नु परेको पेसागत बाध्यता रहेको ट्राफिक प्रहरी जवानहरू बताउनुहुन्छ ।
क्याटेगोरी : समाचार
ट्याग : ## breakingnews, #जिल्ला ट्राफिक कार्यालय
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्