सप्तरीलाई गाँजा तस्करको ट्रान्जिट बन्न नदिने
सप्तरी । गाँजा तस्करीको लागि सप्तरीको बाटो प्रयोग गर्न नदिन नेपाल प्रहरी संवेदनशील छ। गत वर्ष १२ महिना लगाएर पक्राऊ गरेको गाँजा यो वर्ष हामीले ६ महिनाभित्रै पक्राउ गर्न सकेकोले गाँजा तस्करी गर्न सप्तरीको बाटो प्रयोग गर्ने गिरोहहरूलाई निरुत्साहित गरी गाँजा तस्करी नियन्त्रण गर्ने लक्ष्य लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक गजुसिद्धि बज्राचार्यले बताउनुभयो ।
उहाँ भन्नुहुन्छ पूर्वी पहाडी जिल्लामा हुने गरेका गाँजा खेती र भारत तस्करीको लागि सप्तरीको नाकालाई ट्रान्जिट प्वाइन्ट बनाउँदै आएको छ सप्तरीका नागरिक गाँजा प्रयोगकर्ता होइन र यहाँ खेती पनि हुँदैन। यद्यपि सप्तरीको बाटो प्रयोग गरी गाँजा तस्करीको ट्रान्जिट पोइन्टको रूपमा सप्तरीलाई पछिल्लो समय बदनाम गर्दै आएका छन् ।
यसप्रति हामी सुरक्षा संयन्त्र सचेत भई गाँजा तस्करी नियन्त्रण गर्न सप्तरी प्रहरी सूक्ष्म ढङ्गले लागेको प्रहरी प्रमुख बज्राचार्यले बताउनुभयो । सप्तरीको विभिन्न ठाउँ तथा भारतीय सिमानाका नजिकबाट चालु आर्थिक वर्षको ६ महिना बित्नै लाग्दा सप्तरीमा नेपाल प्रहरीले मात्र एक हजार २६ किलो र सशस्त्र प्रहरीले दुई सय ६५ किलो गाँजा बरामद गरेका छन् ।
त्यस्तै गत आर्थिक वर्षमा एक हजार एक सय ५८ किलो गाँजा बरामद गरेका थिए । सूचना संयन्त्र र चेकजाँचको दायरा फराकिलो बनाएर काम गर्दै जाँदा पछिल्ला वर्षहरूमा सप्तरी प्रहरीले गाँजा नियन्त्रणमा एक पछि अर्को सफलता हात पारेका हुन । सप्तरी प्रहरीले शनिवार मात्रै चार करोड बराबरको १० क्विन्टल ६ किलो गाँजा बरामद गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरी र इलाका प्रहरी कार्यालय कल्याणपुरको संयुक्त टोलीले पूर्वपश्चिम लोकमार्गको कल्याणपुर चोकमा सवारी चेकजाँच गर्ने क्रममा विशेष सुराकीको आधारमा सो परिमाणको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक गज्जुसिद्धि बज्राचार्यले जानकारी दिनुभयो ।
राती ८ बजेतिर प्रहरीको संयुक्त टोलीले चेकजाँच गर्दा को १ ख ५८ ३१ नम्बरको टिपर गाडीलाई रोकेर चेकजाँच गर्ने क्रममा टिपरको पछाडिको भागमा लोड भएको बालुवाभित्र २८ वटा बोरामा प्याक गरी अवैध रूपमा लुकाई ल्याउँदै गरेको गाँजा टिपर तथा टिपर चालक धनकुटा सहिदभूमि गाउँपालिका वडा नम्बर ४ बस्ने ३२ वर्षीय विशेष राईलाई र उहाँको साथबाट एक लाख रुपियाँ नगद र दुई थान मोबाइलसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता ढुण्डिराज न्यौपानेले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : ##breaking news, ##सप्तरीलाई गाँजा तस्करको ट्रान्जिट बन्न नदिने
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्