राष्ट्रिय सभा निर्वाचन : मतदाताको अन्तिम नामावली प्रकाशन आज

पुस । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज आइतबार मतदाताहरुको अन्तिम नामावली प्रकाशन हुँदैछ । निर्वाचन आयोगले पूर्वनिर्धारित कार्यतालिका अनुसार आइतबार मतदाताको अन्तिम नामावली प्रकाशन गर्न लागेको हो ।
राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन् । आयोगले यसअघि नै मतदाता नामावली स्वीकृत गरी सार्वजनिक समेत गरिसकेको छ । त्यसमाथि उजुरी र कारबाहीसमेत गरेर आइतबार अन्तिम नामावली प्रकाशन हुन लागेको हो ।
अन्तिम नामावलीमा नाम समावेश नभएका वा छुटेकाहरूले मतदानमा भाग लिन पाउँदैनन् । आयोगका अनुसार यसपटक कुल मतदाता २ हजार ४७ जना छन् । जसमध्ये प्रदेश सभा सदस्य ५४९ जना र स्थानीय तहका प्रमुख/उपप्रमुख १ हजार ४९८ जना रहेका छन् । कुल मतभार ५७ हजार ५५९ कायम भएको आयोगले जनाएको छ ।
यसपटक प्रदेशसभा सदस्यको मतभार ५३ छ भने स्थानीय तहका प्रमुख, उपप्रमुखको मतभार १९ रहेको छ ।
माघ ११ गते हुने निर्वाचनका लागि सोमबार उम्मेदवारको मनोनयन गर्ने कार्यतालिका छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #राष्ट्रिय सभा निर्वाचन
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्