राष्ट्रिय सभा निर्वाचन : मतदाताको अन्तिम नामावली प्रकाशन आज
पुस । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज आइतबार मतदाताहरुको अन्तिम नामावली प्रकाशन हुँदैछ । निर्वाचन आयोगले पूर्वनिर्धारित कार्यतालिका अनुसार आइतबार मतदाताको अन्तिम नामावली प्रकाशन गर्न लागेको हो ।
राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन् । आयोगले यसअघि नै मतदाता नामावली स्वीकृत गरी सार्वजनिक समेत गरिसकेको छ । त्यसमाथि उजुरी र कारबाहीसमेत गरेर आइतबार अन्तिम नामावली प्रकाशन हुन लागेको हो ।
अन्तिम नामावलीमा नाम समावेश नभएका वा छुटेकाहरूले मतदानमा भाग लिन पाउँदैनन् । आयोगका अनुसार यसपटक कुल मतदाता २ हजार ४७ जना छन् । जसमध्ये प्रदेश सभा सदस्य ५४९ जना र स्थानीय तहका प्रमुख/उपप्रमुख १ हजार ४९८ जना रहेका छन् । कुल मतभार ५७ हजार ५५९ कायम भएको आयोगले जनाएको छ ।
यसपटक प्रदेशसभा सदस्यको मतभार ५३ छ भने स्थानीय तहका प्रमुख, उपप्रमुखको मतभार १९ रहेको छ ।
माघ ११ गते हुने निर्वाचनका लागि सोमबार उम्मेदवारको मनोनयन गर्ने कार्यतालिका छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #राष्ट्रिय सभा निर्वाचन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्