Techie IT
बुधबार, साउन १,२०८२

अखिल नेपाल महिला संघ तारकेश्वरको अध्यक्षमा निता खड्का , अन्य को को ( सूचि सहित )


तारकेश्वर काठमाडौं। नेकपा एमाले निकट महिलाहरुको संगठन अखिल नेपाल महिला संघ तारकेश्वर नगर कमिटिको अध्क्षमा निता खड्का चयन हुनुभएको छ।

शुक्रबार नेपालटारमा सम्पन्न भएको संघको दोस्रे नगर अधिवेशनबाट एमाले नेतृ एवं समाजसेवी निता खड्का सर्बसम्मत बाट चयन हुनुभएको हो । करिब एक हजार महिलाहरुको उपस्थीतीबाट अध्यक्षमा खड्का सहित उपाध्यक्षमा लक्ष्मी श्रेष्ठ । सचिवमा चमेली घिमिरे , उप सचिवमा बिष्णु कुमारी मर्हजन र कोषाध्यक्षमा शोभा पलेल चयन भएका छन ।

अखिल नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष टुकाभद्र हमाल , एमाले काठमाडौ जिल्ला ईन्चार्ज आनन्द पोखरेल , काठमाडौ जिल्ला अध्यक्ष दिपक निरौला , प्रदेश सभा सदस्य इं. अमन मास्के , प्रदेश कमिटि सदस्य सिताराम रेग्मी , किरण शर्मा , नगर कमिटि अध्यक्ष बासु गौतम लगायतका एमालेका नेता कार्यकर्ताहरुको उपस्थितिमा भएको भेलाले २९ सदस्यीय नगर कमिटि गठन गरेको छ।

भेलामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि अखिल नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष टुकाभद्र हमालले आधा आकाश ओगटेका महिलाहरु राजनीतिक रुपमा सक्रिय भए मात्र समाज र देशले गति लिन सक्ने बताउनु भयो।

उनले महिलाहरूको सक्रिय राजनीतिक सहभागिताविना देशको विकास संभव नहुने भन्दै त्यसका लागि खुलेर राजनीतिक फिल्डमा आउनुपर्नेमा जोड दिनुभयो। देश र समाज विकासका लागि महिला र पुरुषको समान सहभागिता अनिवार्य भएको भन्दै उनले अधिकार पनि बराबर हुनुपर्नेमा जोड दिनुभयो।

सोही अवसरमा अमेमसंघमा बिभिन्न तरिकाबाट योगदान पुराएका प्रत्येक वडाका अग्रज महिलाहरु साथै सीर्ष नेतृत्वहरुलाई सम्मान गरिएको एमाले नेतृ सावीत्रा शर्माले बताउनु भयो । ।

 

हेर्नुहोस सूचि

 


क्याटेगोरी : समाचार
ट्याग : #अखिल नेपाल महिला संघ तारकेश्वर


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mostly Cloudy
5:17 am7:02 pm +0545