राष्ट्रपति पौडेल आज बुटवल र तनहुँ जाँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल शुक्रबार बुटवल र तनहुँका कार्यक्रममा सहभागी हुँदैछन् । राष्ट्रपति पौडेल शुक्रबार गृहजिल्ला तनहुँको भानु नगरपालिकास्थित पुर्कोट माध्यमिक विद्यालयको शतवार्षिकी कार्यक्रममा सहभागी हुँदैछन् । शतवार्षिकी कार्यक्रमको राष्ट्रपति पौडेलले उद्घाटन गर्ने कार्यक्रम छ ।
त्यसपछि उनी बुटवलमा हुने जितगढी किल्ला नेपाली सेनाबाट बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण कार्यक्रममा सहभागी हुनेछन् । सो किल्ला नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले बुटवल उपमहानगरपालिकाकालाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको मेयर खेलराज पाण्डेयले जानकारी दिए । राष्ट्रपति पौडेल दिउँसो १ बजे जितगढी किल्लामा पुग्ने र त्यहाँको अवलोकन पश्चात् कार्यक्रममा हुनेछन् ।
क्याटेगोरी : समाचार
ट्याग : ##Breakingnews #राष्ट्रपति पौडेल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्