विदेशमन्त्री जयशंकरले गरे पशुपतिमा पूजा र वृक्षरोपण

काठमाडौं । दुई दिने औपचारिक नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री डा.एस जयशंकरले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् ।
बिहीबार काठमाडौं आईपुगेकै दिन उच्चस्तरीय भेटवार्ता गरेका जयशंकरले आज बिहान पशुपतिनाथ मन्दिरको दर्शनसँगैरुद्राक्षको वृक्षारोपण समेत गरेका छन् ।
शुक्रबार नै नेपाल भारतबीच विभिन्न सहमतिमा हस्ताक्षर गरिएको छ ।
नेपालका मन्त्रीहरु तथा भारतका विदेशमन्त्री यसशंकरको उपस्थितिमा दीर्घकालीन विद्युत व्यापार सम्झौता, उच्च प्रभावयुक्त सामुदायिक विकास परियोजनाको कार्यान्वयन,नवीकरणीय ऊर्जा विकासमा सहयोग गर्ने सहमतिमा हस्ताक्षर भएका छन् ।
त्यस्तै, स्याटेलाइट सम्बन्धी सम्झौता, जाजरकोट भूकम्पमा पाँचौं किस्ताको सहयोग हस्तान्तरण गर्ने सहमति समेत भएको छ ।
जयशंकर नेपाल भ्रमण सकेर आजै दिउँसो विदेश फर्किने कार्यक्रम रहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : ##breaking news, ##विदेशमन्त्री जयशंकर #पशुपतिमा पूजा र वृक्षरोपण
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्