सन्दीप लामिछानेबारे पुस २५ गतेपछि मात्र औपचारिक निर्णय : क्यान
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले पुस २५ गते सजाय निर्धारण भएपछि मात्र सन्दीप लामिछानेबारे आफ्नो औपचारिक निर्णय गर्ने भएको छ ।
बिहीबार काठमाडौंमा क्यानद्वारा आयोजित सन् २०२४ को वार्षीक क्यालेन्डर सार्वजनिक कार्यक्रममा क्यानका सचिव पारस खड्काले सन्दीपको सजाय निर्धारण भएपछि मात्र उनको भविश्यलाई लिएर औपचारिक निर्णय लिने जानकारी दिएका हुन् ।
उनले भने,‘हामीले कानुनी परामर्श गरेका थियौं । सन्दीपजीका कानुन व्यवसायीसँग कुराकानी गर्दा क्यानले अहिले आधिकारिक वक्तब्य निकाल्नुभन्दा पहिला पुस २५ गतेसम्म कुरौं भन्ने सल्लाह भयो । अध्यक्ष ज्यूसँग पनि त्यही सल्लाह भएको छ । त्यसैले पुस २५ पछि मात्र सन्दिपजीको भविश्यलाई लिएर संघले निर्णय गर्छ ।’ काठमाडौं जिल्ला अदालतले पुस २५ गते मात्र सन्दीपमाथि हुने कैद सजायबारे जानकारी दिंदैछ ।
क्याटेगोरी : समाचार
ट्याग : ##breaking new, ##सन्दीप लामिछाने#पारस खड्का
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्