Techie IT
आईतबार, जेठ १९,२०८२

मेयर बालेन साहले प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा रोके


काठमाडौंं । काठमाडौ महानगरापालीका प्रमुख बालेन साहले प्रमुख प्रशासकिय अधिकृत बसन्त अधिकारीलाई कार्यलय प्रबेशमा रोक लगाउनु भएको छ ।

महानगरपालीकाको स्वास्थ्य बिभाग तर्फका कर्मचारी नियुक्तिको बिषयमा प्रमुख साह र अधिकारी बिच बिमति भए पछि उहाँलाई कार्यलय प्रबेशमा रोक लगाउनु भएको जनाईएको छ । मेयर साहले १० औ तहका कर्मचारी नुरनिधी न्यौपाने र आठौ तहका रामप्रसाद पौडेल र भगवति बिडारीलाई निलम्बन गर्नुभएको छ ।

प्रमुख प्रशासकिय अधिकृत अधिकारीले महानगर प्रमुख अधिकारीले न्युजपोलार भन्नुभयो ‘म अहिले सम्म कामनापा नै छु केही दिन लाई बिदा बसेको छु ।’

महानगरपालीका स्रोतका अनुसार मेयर साहले सोमबरबाट कार्यालयमा नआउन अधिकारीलाई निर्देशन दिनु भएको थियो । महानगर स्रोतका अनुसार आज वा भोली सम्ममा अर्को प्रमुख प्रशासकिय अधिकृत पठाउने तयारी भै रहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #मेयर बालेन साहले प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा रोके


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Partly Cloudy
5:06 am6:56 pm +0545