Techie IT
मंगलबार, असार १७,२०८२

मोहन वैद्य अस्पताल भर्ना


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य (किरण) अस्पताल भर्ना भएका छन् ।

दम बढेपछि उनलाई गएको आइतबार त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको पार्टीका प्रचार विभाग प्रमुख हुकुमबहादुर सिंहले बताए ।

अहिले उनको अवस्था सुधारोन्मुख रहेको उनी अझै दुई दिन अस्पतालमै रहने सिंहले बताएका छन् । ७७ वर्षीय वैद्य विगत लामो समयदेखि दम रोगबाट पीडित छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #मोहन वैद्य अस्पताल भर्ना


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:10 am7:04 pm +0545