कांग्रेस कार्यक्रममा ओलीको व्यङ्ग्य
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेललाई ‘सेरिमोनियल राजा’ को संज्ञा दिएका छन् ।
नेपाली कांग्रेसले ४८औँ मेलमिलाप दिवसको अवसर पारेर आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले राजावादीहरुलाई व्यङ्ग्य मात्रै गरेनन् औचित्य नै सकिसकेको पनि बताए ।
उनले राष्ट्रपति रामचन्द्र पौडेललाई ‘सेरिमोनियल राजा’ अर्थात आलंकारिक राजतन्त्रको पक्षमा उभिएका व्यक्तिको रुपमा व्यङ्ग्य गरे ।
अध्यक्ष ओलीले भने, ‘कस्तो राजा ल्याउन खोजेको ? यी राजनीतिक दलहरुले गरेनन् भनेर तानाशाह राजा बनाउन खोजेको भनेर सोध्दा होइन भन्छन् । संवैधानिक सेरिमोनियल राजा बनाउन खोजेको रे । सेरिमोनियल त रामचन्द्रजी हुँदै हुनुहुन्छ त ।’
उनले नेपालमा राजतन्त्र नेपालमा असाधारण विषय भएको उल्लेख गर्दै कुनै पनि तानाशाहीतन्त्र ल्याउनै नदिने भन्दै लोकतान्त्रिक गणतन्त्र र राष्ट्रियताको पक्षमा सबै एक भएर उभिने बताए ।
यस्तै, ओलीले अहिले पुष्पकमल दाहाल नेतृत्वको सरकारसँग गठबन्धनकै ठूलो दल कांग्रेस सन्तुष्ट रहेको भन्दै कटाक्ष पनि गरे ।
उनले भने, ‘अहिलको परिस्थिति, अहिलेको राज्य सञ्चालनमा आफ्नो भूमिकासँग सन्तुष्ट रहेको कांग्रेसको तलाउमा मैले एउटा ढुंगा फुत्त फालिदिएर तरंग ल्याउने मेरो कुनै इच्छा छैन । त्यसकारण म त्यतापट्टि जान चाहन्नँ, अमन चयनमा खलल पार्न पनि चाहन्नँ । त्यस सीमाभित्र मात्रै म रहन्छु ।’
आफूलाई महामन्त्री विश्वकर्मा शर्माले मेलमिलाप दिवसमा आउनासाथ भाटे कारबाही गरेको भन्दै ओलीले व्यंग्य गरे ।
‘विश्वप्रकाशजीले अर्काको घर किन बनाइस्, कलकत्ता जान गंगाको बाटो किन भनिस्, ट्रक नै कुुदाउनुपर्ने ठाउँमा पाइपलाइन अमलेखगञ्जमा किन ल्याइस्, ट्यांकर चलाउनुपर्ने ठाउँमा बयलगाढा चलाइराख्याथ्यो हुलाकी राजमार्ग किन बनाइस्, ठूला कुरा गर्ने ? उहाँले आफ्नो प्रचलित शैलीमा लकार्नुभो । त्यसको पनि म जवाफ दिन्नँ त्यतापट्टि पनि म जान्नँ’ ओलीले भने ।
पार्टीका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला (बीपी) लगायतका नेताहरु राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई भारतबाट स्वदेश फर्किएको दिनको सम्झनामा कांग्रेसले आज कार्यक्रम आयोजना गरेको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #कांग्रेस कार्यक्रममा ओलीको व्यङ्ग्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्