बालकुमारी घटनाबारे आइजी कुँवरले भने– ‘मन्त्रीज्यूसँगै विवाद भएपछि भीड अनियन्त्रित भयो’
काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक (आइजी) बसन्तबहादुर कुँवरले बालकुमारी घटनामा त्यति ठुलो मानवीय तथा भौतिक क्षति हुनुका पछाडि प्रहरीमात्रै दोषी नभएको दाबी गरेका छन् । उनले आक्रोसित भीडले प्रदर्शन गरिरहेका बेला मन्त्रीको सवारी हुनु र मन्त्रीले भीडसँग विवाद गर्नुले पनि परिस्थिति असहज बनेको बताए ।
सोमबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा महानिरीक्षक कुँवरले प्रहरीसँग सीमित श्रोत साधन र जनशक्ति भएका कारण भीड नियन्त्रणमा समस्या भएको बताए ।
‘युवाहरू प्रदर्शनमा रहेको बेला नै मन्त्रीको सवारी हुँदा समस्या भयो । मन्त्रीज्यू हिँड्दाखेरि पीएसओले जानकारी लिएर रुट क्लियर छ कि छैन भन्ने कुराको समन्वय हुनुपर्ने थियो । भीडमा आएर गाडी रोकिएपछि मन्त्रीसँग सामान्य विवाद पनि भयो,’ आइजी कुँवरले भने, ‘त्यसकारण पनि समस्या भयो, नभए यति ठूलो क्षति हुने थिएन ।’
उनका अनुसार भीड नियन्त्रणकालागि प्रहरीले अश्रुग्याँस १२४ सेल, रबर बुलेट र हवाइ फायर गरेको थियो ।
उपयुक्त समयमा प्रहरी र पीएसओबीच संचार समन्वय नभएको र भीडमा परेपछि प्रहरीले पनि धैर्यता गुमाएको अवस्था देखिएको आइजी कुँवरले बताए । ‘प्रदर्शनकारीहरुको नेतृत्व कोही थिएन, अराजक रूपमा जसले जे पायो, त्यही गर्ने अवस्था थियो, झन् ठूलो क्षति नहोस् भनेर नै प्रहरीले पूर्वसतर्कता अपनाएर गोली चलाउन बाध्य भएको स्थिति देखिन्छ,’ उनले भने ।
भीडमा कति बेला गोली चल्यो र कतिबेला घाइते भएको भन्ने यकिन हुन नसकेको कुँवरले बताए ।
उनका अनुसार ईपीएस कार्यालयमा युवाहरूको आन्दोलनलाई लक्षित गरेर पहिल्यै २१५ नेपाल प्रहरी र ७५ जना सशस्त्र प्रहरी खटाइएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #मन्त्रीज्यूसँगै विवाद भएपछि भीड अनियन्त्रित भयो
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्