पहिरो पिडित परिवारलाई न्यानो कपडा बितरण
खांदबारी – संखुवासभाको खाँदबारी नगरपालिका –७ स्थित भैरे डाडाँमा अस्थायी टहरामा बस्दै आएका पहिरो पीडित विपन्न अल्पसंख्यक परिवारलाई न्यानो कपडा (ब्लयाङ्केट) वितरण गरिएको छ । शनिबार जिल्ला प्रहरी कार्यालय संखुवासभा र गोर्खा पिस फाउण्डेसन (नेपाल-यूके) को सहकार्यमा पहिरो पीडित विपन्न १० परिवारलाई न्यानो कपडा वितरण गरिएको हो ।
खाँदबारी नगरपालिका –७ स्थित भैरे डाडाँमा अस्थायी टहरामा बस्दै आएका पहिरो पीडित विपन्न अल्पसंख्यक १० परिवारलाई न्यानो कपडा (ब्लयाङ्केट) वितरण गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिनुभयो ।
जाडो बढेपछि पहिरोबाट विस्थापित विपन्न परिवारका वृद्धवृद्धाहरुलाई ब्लयाङ्केट वितरण गरिएको डिएसपी श्रेष्ठले बताउनुभयो। जिल्ला प्रहरी कार्यालयले जिल्लाका समुदायमा प्रहरी साझेदारी सुरक्षा सुनिस्चिता कार्यक्रम सञ्चालन गरिरहेको छ ।
जाडो समयमाकष्टकर जीवनयापन गरिरहेका विपन्न परिवारलाई राहत स्वरुप न्यानो कपडा (ब्लयाङ्केट) वितरण गरिएको गोर्खा पिस फाउण्डेसन (नेपाल-यूके) का निर्देशक प्रेम संजय लिम्बुले बताउनुभयो । गोर्खा पिस फाउण्डेसनले पहिरो पीडितलाई खानेपानीका लागि समेत सहयोग सहकार्य गर्न तयार रहेको गोर्खा पिस फाउण्डेसनका निर्देशक लिम्बुले बताउनुभयो । गोर्खा पिस फाउण्डेसनले संखुवासभा लगात विभिन्न जिल्लामा सामाजिक कार्य गर्दै आएको छ ।
सिलिचोङ गाउँपालिका –१ बेसिन्दाका ५५ परिवारलाई खाँदबारी नगरपालिका–७ स्थित भैरे डाँडामा राखिएको छ । पहिरो पीडितको आवास निर्माण सम्पन्न नहुदाँ अस्थायी टहरामा बस्दै आएका छन् ।
क्याटेगोरी : समाचार, समाज
ट्याग : #गोर्खा पिस फाउण्डेसन (नेपाल-यूके), #जिल्ला प्रहरी संखुवासभा, #पहिरो पिडितलाई कपडा बितरण, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्