देशभर ९ लाख २१ हजार परिवार भूमिहीन सुकुम्बासीको लगत तयार
काठमाडौँ । सरकारले देशभरका ९ लाख २१ हजार परिवार भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको लगत तयार गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार कार्यभार सम्हालेको एक वर्ष पूरा भएको अवसरमा देशवासीको नाममा सम्बोधन गर्दै सरकारले देशभरका ९ लाख २१ परिवार भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूको लगत संकलन गरेको बताए ।
भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्रालयका अनुसार भूमि व्यवस्था आयोगले पछिल्लो एक वर्षमा देशभरबाट ६ लाख ७६ हजार भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन गरेको हो । विगतमा संकलन भएको समेत गरी आयोगले ९ लाख ८१ हजार परिवारको लगत संकलन गरेको हो ।
मन्त्रालयका अनुसार आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीहरूको व्यवस्थापनको लागि थप ३१६ वटा स्थानीय तहसँग कार्यसम्पादन सम्झौता गरेको छ ।
त्यस्तै, ४१ हजार हेक्टर जग्गा भूमिहीन सुकुम्बासीलाई वितरणका लागि नक्साङ्कन गरिएको जनाइएको छ । ‘यस अवधिमा थप २१ हजार हेक्टरसहित कुल ४१ हजार हेक्टर जग्गा वितरणका लागि नक्साङ्कन भएको छ,’ सरकारको प्रगति विरणमा उल्लेख छ ।
मन्त्रालयका अनुसार थप ६ वटा नापी कार्यालयहरूबाट नेलिस र मेरो कित्ता प्रणाली प्रयोग गरी कुल ५६ कार्यालयहरूबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको छ भने ४१ वटा बैङ्क तथा ६ स्थानीय तहहरूलाई नक्सा प्रिन्ट, फिल्डबुक उतार, प्लट रजिस्टर उतार सेवा प्राप्त गर्ने व्यवस्था मिलाइएको छ ।
त्यस्तै, मन्त्रालयले सेवाग्राहीहरूले घरैबाट वा नजिकको भू–सेवा केन्द्रबाट जग्गासम्बन्धी कारोवार गर्नसक्ने गरी थप १५ वटा सेवा केन्द्र थपिएका छन् । योसँगै देशभरि ९० वटा मालपोत कार्यालयमा भू–सेवा प्रणाली सञ्चालनमा आएको छ । त्यस्तै, मन्त्रालयले २३ जिल्लाका दुई २३ हजार ३३० परिवारलाई गरिब परिचयपत्र वितरण गरेको छ भने थप २ लाख ७१ हजार ४६० परिवारलाई सूचीमा समावेश गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ ।
आयोगका अनुसार अव्यवस्थित बसोबासीहरूलाई भूमि आयोगबाट जग्गा उपलब्ध गराउँदा हालको शुल्कमा ५० प्रतिशत कम हुने गरी व्यवस्था मिलाइदैछ । त्यस्तै, आयोगबाट जग्गा उपलब्ध गराउन वन ऐन, २०७६ संशोधनको प्रक्रियामा रहेको समेत जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #देशभर ९ लाख २१ हजार परिवार भूमिहीन सुकुम्बासीको लगत तयार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्