प्रधानमन्त्रीले छोरी गंगासहितका सचिवालयका सदस्य एकपछि अर्को बिबादमा तानिएपछि हटाउदैं
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सचिवालय र सल्लाहकार टिम परिवर्तन गर्ने तयारी गरेका छन् ।
छोरी गंगादाहालसहितको सचिवालय टिम एक पछि अर्को विवादमा तानिन थालेपछि सचिबालय र सल्लाकारको पुरै सेट परिवर्तन गर्ने तयारीभएको बुझिएको छ । बालुवाटार स्रोतले भने अन्य परिवर्तन भएपनि प्रमुख स्वकिय र प्रेस सल्लाहाकारलाई निरन्तरता दिनसक्नेबताएको छ । सचिवालयले गर्दा प्रधानमन्त्री थप विवादमा तानिएको एक अर्काबिच समन्वय नभएको लगायतका बिषयमा असन्तुष्टिजनाउदै प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले यसअघि नै राजीनामा बुझाएका छन ।
सचिवालय परिवर्तन गर्नेबारे प्रधानमन्त्रीले आन्तरिक छलफल थालिसकेका छन् ।
हाल प्रधानमन्त्रीको सल्लाहाकारहरुमा रामदीप आचार्य , देवेन्द्र पराजुली, रामदीप आचार्य, गोविन्द आचार्य, रूपक सापकोटा छन् ।प्रमुख स्वकीय सचिवमा सन्तु दराई, स्वकीय सचिवमा रमेश मल्ल, गंगा दाहाल, स्वकीय उपसचिवमा ओमकुमारी पौडेल, रमेश गुरागाई, सावित्री अधिकारी र गोकर्ण भट्ट छन् ।
यस्तै जनसम्पर्क विज्ञमा बुद्धि जिसी, स्वास्थ्य विज्ञमा दीपेन्द्र खड्का, प्रेस विज्ञमा मनहरि तिमिल्सिना, प्रेस संयोजक सूर्यकिरण शर्मा, सूचना प्रविधि विज्ञ प्रकाश रायमाझी छन् । प्रधानमन्त्रीको सचिवालयमा निजामतीतर्फबाट सहसचिव अर्जुन भण्डारी , शाखाअधिकृतहरू सागर केसी, सन्तोष ढुंगाना र मोहोदत्त अधिकारी छन् । प्रमुख राजनीतिक सल्लाहाकार रहेका हरिबोल गजुरेललेयसअघिनै राजीनामा दिईसकेका छन् ।
नयॅा परिवर्तन गर्दा सचिबालयमा कसकसलाई ल्याउने भन्ने तयारी भने अहिलेसम्म शुरू भएको छैन ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #प्रधानमन्त्रीले छोरी गंगा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्