शैक्षिक उत्थानका लागि सञ्चारकर्मी राजन नेपालको बुलन्द बहस कार्यक्रम
संचारकर्मी एवं सामाजिक अभियान्ता राजन नेपालले शैक्षिक उत्थानका लागि बुलन्द बहस कार्यक्रम शुरु गरेका छन । नेपालको संबिधानले गुणस्तरीय शीक्षाको कल्पना गरेपनि देशको बिभिन्न ग्रामिण एवं सामुदायीक बिध्यालयहरुमा शैक्षीक अवस्था कमजोर छ ।
सोही अनुरुप देशका विभिन्न पालिकामा गएर बुलन्द आवाज कार्यक्रम मार्फत जनताका कुरा जनप्रतिनिधि सामु राख्दै गर्दा भुइँमान्छेहरु बिच थुप्रै आशाका किरणहरु रहेका तिनीहरूको सम्बोधन पुरा गर्ने सपना राजन नेपाल एवं बुलन्द आवाज टिमले बोकेको छ ।
कलिला नानीहरूको भरोसामा रहेका कारण ति नानीहरूको शैक्षिक भविश्यमा उनिहरूका सपना, अभिभावकको चाहना, शिक्षकहरूको प्रयास र सबै तहका सरकार र त्यहाँको समुदायको सहयोग र दायित्व रहेको हुँदा ति सरोकारवालाहरूविच शैक्षिक अन्तर्क्रिया मार्फत समस्याहरूको समाधान र शैक्षिक उत्थानका लागि साझा प्रयासको खोजि गर्ने मुल लक्ष्य अनुरुप यो शैक्षिक उत्थानका लागि बुलन्द बहस कार्यक्रमको अवधारणा सुरूवात गरिएको बताइएको छ ।

यसै सन्दर्भमा धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिकाको वडा नम्बर ३ बाट सुरुवात भएको हो । पहिलो दिन वडा नम्बर ३ मा रहेका सबै बिद्यालय पुगेर विद्यार्थी र अभिभावक सँग भेटघाट गर्दै विद्यार्थी भित्र रहेका वाककला लाई बाहिर ल्याउन र साच्चिकै विद्यार्थी जीबनलाई फलदायी बनाउन गरिनुपर्ने कामका बारेमा जानकारी छ ।
दोश्रो दिन स्कुलहरुमा पुग्दै गर्दा त्यहाँ देखिएको समस्यालाई उजागर गर्न सबै स्कुलका शिक्षक र ब्यबस्थापन समितिमा रहनु भएका ब्यक्तिहरुसँगको अन्तक्रिर्या गरेपछि तेस्रो दिन वडामा रहेका स्कुल परिवार त्यसैगरी ब्यबस्थापन परिवार र जवाफदेहिमा पालिकाका जिम्मेवार व्याक्तिहरू राखि शैक्षिक बहस गरिएको थियो ।
उक्त कार्यक्रमको तीन घन्टा लामो शैक्षिक बहसमा जवाफदेहीमा वडाका प्रमुख भुवन त्रिपाठिको सभाअध्यक्षतामा गाउँपालिकाका गाउँ शिक्षा अधिकारी बोधराज पाठक र अन्य वडा शिक्षा समितिबाट बागेश्वरी क्याम्पसका प्रमुख दिवाकर कडेल त्यसैगरी बागेश्वरी मा वि का पुर्व प्र ।अ। शेरबहादुर अधिकारी र दीपा कडेलको उपस्थिती थियो।
कार्यक्रम समग्रमा विद्यार्थी पढ्न चाहन्छन् शिक्षक पढाउन चाहनुहुन्छ र अभिभावक आफ्नो बालकको उज्यालो भबिस्य हेर्न चाहनुहुन्छ जबकी तीनै पक्षको एउटै लक्ष्य हुँदाहुँदै पनि राम्रो शैक्षिक उपलब्धी ब्यवहारिक शिक्षा बनाउन नसकिनुको पछाडि कारण के हुनसक्छ भन्नेमा थियो ।
सयौं मानिसको उपस्थितिमा सप्पन्न भएको उक्त कार्यक्रमको पहिलो अभ्यास बेनिघाट रोराङ गाउँपालिकाको तीन नम्बर वडाले गरिराख्दा साँच्चिकै सहरानिय भएको कुरा स्थानीय बताउछन् ।
भारतमा थुप्रै बर्ष विभिन्न मोटिभेसनल सेक्टरमा समेत काम गरेका सञ्चारकर्मी राजन नेपालको भने मलेखुमा राम्रै चर्चा चल्न थालेको छ ।
क्याटेगोरी : समाज
ट्याग : #सञ्चारकर्मी राजन नेपाल लागि बुलन्द बहस
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्