नेकपा एसका चितवन जिल्ला सचिव र उपसचिवद्वारा पार्टी परित्याग
चितवन । नेकपा एकीकृत समाजवादी चितवन जिल्ला कमिटीका सचिव केपी लामिछाने र उपसचिव कर्ण बहादुर विकले सो पार्टी परित्याग गरेका छन् । शनिवार संयुक्त विज्ञप्ति जारी गरी लामिछाने र विकले पार्टी परित्याग गरेको घोषणा गरेका हुन ।
एकीकृत समाजवादीको नेतृत्व दिनानुदिन दक्षिणपन्थी अवसरवादी दिशामा तल्लीन रहेको, सुधारको गुन्जाइस नरहेको, राष्ट्रिय राजनीतिमा भूमिका शून्य भएको र वैचारिक सांगठनिक नेतृत्व दिन असक्षम रहेको भन्दै पार्टीमा रहेर समय र ऊर्जा खर्चिनु निरर्थक भएकोले परित्याग गरेको विज्ञप्तिमा जनाइएको छ ।
‘एमालेबाट गरेको विद्रोहको औचित्य पुष्टि हुन नसकेको पार्टीको नेतृत्व घोर दक्षिणपन्थी र अवसरवादी हुन पुगेको तथा २०७९ को स्थानीय तहको निर्वाचन र संघीय तथा प्रदेशसभा निर्वाचनमा अस्तित्व जोगाउन नसक्ने अवस्थामा पुगेको यो पार्टी दिशाहीन अवस्थाबाट गुज्रिरहेको छ,’ विज्ञप्तिमा भनिएको छ ।
पाँच दलीय सत्ता गठबन्धनको पासोमा बेरिएर समाप्तिको बाटो समातेको नेतृत्वले पार्टीलाई बदल्ने कुनै गुञ्जायस राखेको पाइएन, जिल्ला सचिव लामिछानेले भने- जसको कारण दिनहुँ नेता कार्यकर्ताले पार्टी परित्याग गरिरहेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #एसका चितवन जिल्ला सचिव र उपसचिव
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्