नारायणगढ–मुग्लिन सडकखण्डमा आजदेखि दैनिक चार घण्टा सवारी रोकिने
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा आजदेखि दैनिक चार घण्टा सवारी साधन चलाउन नपाइने भएको छ ।
नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन सडकको भित्तो काट्न सुरु गर्ने भएकाले आज बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडक बन्द रहने छ ।
जसका कारण सो सडकखण्ड प्रयोग गर्ने चितवन र तनहुँतर्फका विभिन्न ६ स्थानमा सवारी साधन बाटोमै रोकिने नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिए ।
उनका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाने सवारी साधनमध्ये यात्रुवाहक सवारी साधन पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म बिहान १०ः४० बजेसम्म चलाउन पाइने छ भने मालवाहक सवारी साधन भतेरी जङ्गलदेखि रामनगरसम्म बिहान १०ः३० बजेसम्म मात्र सञ्चालन हुनेछ ।
काठमाडौंबाट आउने यात्रुवाहक सवारी भने मुग्लिन बजारदेखि मनकामना केबुलकारसम्म बिहान १०ः५५ सम्म तथा मालवाहक सवारी सधान १०ः४५ सम्म मात्र चलाउन दिइने छ ।
यस्तै, पोखरातर्फबाट आउने यात्रुवाहक सवारी साधन बिहान १०ः५५ बजेदेखि बेनीटारदेखि पावरहाउससम्म र मालवाहक सवारी साधन बिहान १०ः४५ बजेदेखि सत्रसय फाँटमा रोकिने छ ।
पहिलो चरणमा तीन हप्ताका लागि सडक बन्द गरेर भित्तो काटिने छ । साठी मिटर अग्लो उक्त पहाड गत वर्ष २५ मिटर काटिएको थियो । बाँकी ३५ मिटर सडक अब काट्न लागिएको हो ।
दैनिक १० हजारभन्दा बढी सवारी साधन गुड्ने उक्त सडकमा दैनिक चार घण्टा सवारी साधन रोकिने भएकाले वैकल्पिक बाटो प्रयोग गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले अनुरोध गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : ##breaking#नारायणगढ–मुग्लिन सडकखण्डमा आजदेखि दैनिक चार घण्टा सवारी रोकिने
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्