ग्रीनलाइफ क्लिनिक धापासीमा निःशुल्क थाइरोइड जाँच हुने
टोखा काठमाडौं । ग्रीनलाइफ क्लिनिक, टोखा- ७ धापासीको आयोजना र एजिलस डायग्नोस्टिक्स, महाराजगञ्जको प्राविधिक सहयोगमा निःशुल्क एक दिवसीय थाइरोइड स्वास्थ्य शिविर हुने भएको छ।
यही पौष ७ गते शनिबारका दिन हुन लागेको शिविरमा करिब १२०० पर्ने थाइरोइड फङ्सन टेस्ट (Thyroid Function Test) निःशुल्क गरिने भएको छ। विशेषगरी ३० वर्ष कटेका महिलाहरूमा थाइरोइडको समस्या देखिने गरेकोले सोही वर्गलाई लक्षित गर्दै निःशुल्क थाइरोइड जाँचको आयोजना गरिएको ग्रीनलाइफ क्लिनिकका डा. क्षितिज सापकोटाले बताउनुभयो।
थाइरोइडको गडबडी भई औषधि खाइरहनुभएका बिरामीहरूले समेत यसबाट प्रत्यक्ष लाभ लिन सक्ने बताइएको छ। करिब २००० बिरामीको नमुना सङ्कलन गर्ने उद्देश्यका साथ आवश्यक तयारी गरिएको ग्रीनलाइफ क्लिनिका सञ्चालक डाक्टर सरिता ढकालले बताउनुभयो। ग्रीन लाइफ क्लिनिकले विभिन्न अवसरहरू पारी टोखा बासीलाई निःशुल्क स्वास्थ्य शिविर गर्दै आइरहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #ग्रीनलाइफ क्लिनिक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्