नेपाल–श्रीलंका संयुक्त आयोगको बैठक जारी, द्विपक्षीय व्यापार र लगानी अभिवृद्धि मुख्य एजेण्डा
काठमाडौं । नेपाल–श्रीलंका संयुक्त आयोगको पहिलो बैठक अहिले जारी छ ।
परराष्ट्रमन्त्री एनपी साउद र श्रीलंकाका समकक्षि अली साब्रीको काठमाडौंको होटल याक एण्ड यतिमा बसिरहेको परराष्ट्रमन्त्रालयले जनाएको छ ।
बैठकमा नेपालको तर्फबाट मन्त्री साउदसँगै परराष्ट्र सचिव, श्रीलंकाका लागि नेपाली राजदूत, वाणिज्य, गृह र परराष्ट्र मन्त्रालयका उच्च अधिकारी सहभागी छन् ।
त्यस्तै, श्रीलंकाको प्रतिनिधिमण्डलमा काठमाडौंस्थित श्रीलङ्काका राजदूत र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू सहभागि रहेको बताइएको छ ।
बैठकमा दुई देशबीचको व्यापार र लगानी अभिवृद्धि गर्ने, बढ्दो हावा जडान,संस्कृति, पर्यटन र शिक्षा आदानप्रदान, सार्क र बिमस्टेक प्रक्रियालाई सुदृढ गर्नेलगायत क्षेत्रीय सहयोग लगायतका एजेण्डामा छलफल भइरहेको हो ।
श्रीलङ्कामा थुनामा रहेका तीन नेपालीको स्थानान्तरणको सम्भावनाबारे दुई मन्त्रीबीच विचार आदानप्रदान भएको समेत भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : ##breaking#नेपाल–श्रीलंका संयुक्त आयोगको बैठक जारी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्