काठमाडौंका दुई औषधि पसलमा सिलबन्दी
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नियम नमान्ने दुई वटा औषधि पसलमा सिलबन्दी गरेको छ ।
बुधबार अनुगमनका क्रममा महानगरपालिकाको पूर्वसूचना बमोजिम नगरिएको र दर्तासमेत नरहेको पाइएपछि महानगरपालिकाले दुई वटा औषधि पसलको सटक सधैँका लागि बन्द गरिदिएको हो । वडा नं। १७ ठमेलमा रहेको हिमालय स्टोर र वडा नं। ३ महाराजगञ्जमा रहेको माइबेनी मेडिकल हलमा महानगरपालिकाले सिलबन्दी गरेको हो ।
महानगरको स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले कानूनबमोजिम दर्ता नभएका, एउटा प्रयोजनमा दर्ता भएर अर्को काम गरिरहेको, अनधिकृत औषधि बेचेको, पसलमा म्याद सकिएको औषधि पाइएकाले सिलबन्दी गरिएको बताए ।
उनका अनुसार अर्को एउटा पसललाई भने सुधारका लागि १५ दिनको म्याद दिइएको छ । वडा नं। १ मा रहेको कृषु आयुर्वेदिक फार्मेसीलाई सुधारकालागि १५ दिनको समय दिइएको उनले बताए ।
क्याटेगोरी : समाचार
ट्याग : ##breaking#काठमाडौंका दुई औषधि पसलमा सिलबन्दी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्