देउसीभैलोबाट सङ्कलित रकम भुकम्पपीडितलाइ
ललितपुर । नेप्सेम्याक ग्रुपका कर्मचारीहरुले देउसी भैलो खेलेर सङ्कलन गरेको १ लाख ११ हजार १११ रुपैया रकम जाजरकोट भुकम्पक पीडितहरुको लागि हस्तान्तरण गरिएको छ ।
बुधबार नेप्सेम्याक ग्रुपका अध्यक्ष टिकाराम दाहाल नेतृत्वको प्रतिनिधि मण्डलले उक्त रकम ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डित मार्फत हस्तान्तरण गरिएको हो ।
रकम हस्तान्तरण गर्दै अध्यक्ष दाहालले भने कर्मचारीहरुले रमाइलो गरेर सङ्कलन गरेको रकम रमाइलो नै गरेर खर्च गर्ने चलन पनि हुन्छ तर देशको अर्को भागमा नागरिकले दुख पाइरहेको बेला हामी कसरी रमाइलो गर्नु बरु यो रकम भूकम्पपीडितलाइ थोरै भए पनि राहत हुन्छ भनेर हस्तान्तरण गरिएको हो ।
सहयोग रकम ग्रहण गर्दै प्रमुख जिल्ला अधिकारी पण्डितले देश भित्र नागरिकहरुमा भएको सङ्कट आफैलाइ परेको हो भन्ने मानवीय भावना सबै नागरिकमा हुनुपर्ने बताउनुभयो । नेप्सेम्याकले गरेको सहयोगले अरुलाइ पनि प्रेरित गर्नुपर्नेमा जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुयालले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालयमा बुधबार नेप्सेम्याक ग्रुपका सञ्चालक लक्ष्मीप्रसाद गेलाल, ग्रुपका प्रवक्ता लक्ष्मीप्रसाद घिमिरे, कर्मचारी युनीयनकाअध्यक्ष सोमनाथ ढकाल, युनीयन प्रतिनिधि तुलसीराम सिटौला, शिव गिरी लगायतको उपस्थिति थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #नेप्सेम्याक ग्रुप
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्