Techie IT
बिहीबार, कात्तिक २७,२०८३

भैसेपाटीमा मन्त्रीको क्वार्टरसँगै टहरामा आगलागी


काठमाडौँ । ललितपुरको भैँसेपाटीस्थित बन्दै गरेको मन्त्री क्वार्टरसँगै रहेको एक टहरामा आगलागी भएको छ । क्वार्टरसँगै काममा खटिएका मजदुर बस्ने टहरामा समेत आगो लागेको र हाल नियन्त्रणमा आइसकेको भैँसेपाटी प्रहरी प्रभागले जनाएको छ । प्रहरीका अनुसार बिहान सवा ११ बजेतिर लागेको आगो नियन्त्रणमा आइसकेको छ । आगलागीबाट एउटा टहरोमा बाहेक अरु ठूलो क्षति नभएको प्रहरीको भनाइ छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #भैसेपाटीमा मन्त्रीको क्वार्टरसँगै टहरामा आगलागी


तपाईको कमेन्ट लेख्नुहोस्