विश्वमा वार्षिक ८७ लाख मानिसको धूमपानका कारण मृत्यु

काठमाडौं । धुम्रपानको सेवनले फोक्सोको क्यान्सर, मुटुरोग लगायतका रोगहरु लाग्दछ भन्ने त सबैलाई थाहा छ । धुम्रपानले मस्तिष्कलाई संकुचित बनाउँछ र यो लतले मस्तिष्कको समयपूर्व बुढ्यौली निम्त्याउँछ ।
धुम्रपान छाड्दा मस्तिष्कको तन्तुलाई हुने थप क्षतिबाट जोगाउन सकिन्छ । तर मस्तिष्क पुरानै आकारमा फर्किँदैन भन्ने एक अध्ययनले देखाएको छ ।
वाशिङटन युनिभर्सिटी स्कूल अफ मेडिसिनका अनुसन्धानकर्ताहरूले गरेको यो अध्ययन प्रतिष्ठित जर्नल बायोलोजिकल साइकियाट्री–ग्लोबल ओपन साइन्समा प्रकाशित भएको छ ।
अनुसन्धानकर्ताहरूका अनुसार धुम्रपानले मस्तिष्कको बुढ्यौली प्रक्रियालाई गति दिन्छ । स्वाभाविक रूपमा, बढ्दो उमेरसँगै मस्तिष्कको मात्रामा कमी आउनु स्वाभाविक हो ।
धुम्रपान र मस्तिष्कको मात्रा बीचको सम्बन्धमा प्रत्येक दिनको धूम्रपानको मात्रामा निर्भर गर्दछ । एक व्यक्तिले दिनमा जति धेरै धुम्रपान गर्छ, उसको दिमागको आकार सानो हुँदै जान्छ ।
अध्ययनमा संलग्न वरिष्ठ अनुसन्धानकर्ता प्रोफेसर लौरा बेरुतका अनुसार यसअघिका वैज्ञानिकहरूले धुम्रपानले मस्तिष्कमा पार्ने असरलाई बेवास्ता गरेका थिए ।
उनीहरूले मुख्यतया फोक्सो र मुटुमा यसको प्रभावको अध्ययन गरिरहेका थिए । हामीले मस्तिष्कलाई अझ नजिकबाट हेर्न थालेपछि यो स्पष्ट भयो कि धुम्रपान मस्तिष्कको लागि पनि हानिकारक छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार हरेक वर्ष ८७ लाख मानिसको मृत्युको लागि सुर्तीजन्य पदार्थ जिम्मेवार छ । यसको मतलब प्रत्येक चार सेकेन्डमा एक जनाको मृत्यु हुन्छ ।
यसबाट उत्पन्न हुने धुवाँको सिकार हुनेमा नचाहेर पनि १३ लाख मानिस छन् । आधिकारिक तथ्यांक अनुसार भारतमा धुम्रपानका कारण बर्सेनि करिब १० लाख मानिसको मृत्यु हुने गरेको छ ।
क्याटेगोरी : स्वास्थ्य
ट्याग : #विश्वमा वार्षिक ८७ लाख मानिसको धूमपानका कारण मृत्यु
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्