अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने) बेलायत च्याप्टरको अध्यक्षमा बराल
लन्डन ।सेलिब्रेटी सेफ तथा युवा व्यवसायी विनोद बराल अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने) बेलायत च्याप्टरको अध्यक्षमा चयन भएका छन्। पोखरा पुख्र्यौली थलो भएका बराल खानाको अनुसन्धान र खोजीमा दक्ष मानिन्छन् । फिने बेलायत च्याप्टरको अध्यक्षमा चयन भएसँगै बरिष्ठ सेफ एवं व्यवसायी बरालले आफूले आर्जेको सीप र अनुभवलाई फिनेको उद्देश्य अनुरुप अगाडी बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल तथा यूके युवा उद्यमी समुदायहरूबीचको सम्बन्ध थप बलियो बनाउने कोशिसमा आफू लागिपर्ने पनि उनले बताएका छन् ।
फिनेको नेतृत्वमा बेलायतसँगै संसारभर फैलिएका युवा उद्यमीहरूको सशक्तिकरण, आपसी सहकार्य, संस्थागत विकास र नेपाल र बेलायतबीच सामाजिक एवं आर्थिक दुवै स्तरमा सेतुको रुपमा आफूले काम गर्ने आफू आतु्र रहेको नवनियुक्त अध्यक्ष बरालले बताए।
कडा मेहनत र परिश्रमकासाथ् अघि बढ्दै संस्थाका लक्ष्यहरू प्राप्त गर्न आफू हरदम प्रयत्नशील रहने प्रण उनको छ । साथै, अन्य युवा उद्यमीहरूको सशक्तिकरण तथा प्रोत्साहनका निम्ति संस्थामा आवद्ध हुँदै सहकार्य गर्न पनि सबै युवा उद्यमीहरूलाई उनले आव्हान गरेका छन्।
फिने विश्वभरि छरिएका नेपाली युवा उद्यमीहरूको एक गैर नाफामूखी, गैर राजनीतिक गैरसरकारी संस्था हो । हालसम्म फनेको बेलायत, अमेरिका, अष्ट्रेलिया, मध्यपूर्व, हङकङ, जापान तथा चीनलगायतका मुलुकमा च्याप्टर खुलिसकेका छन्। फिने व्यवसायिकता तथा उद्यमशीलता विकासको उद्देश्यसहित नेपाली युवा उद्यमीहरूलाई एकताबद्ध गर्ने, सञ्जालको विस्तार गर्दै विचारको आदानप्रदान गर्ने साझा मञ्च हो ।
बराल फिने बेलायत अध्यक्षमा चयन भएकामा खुसी व्यक्त गर्दै फिने बेलायतकी संस्थापक अध्यक्ष मनिषा डंगोल श्रेष्ठले फिने यूकेलाई अझ अगाडि बढाउन बराल अत्यन्त सक्षम रहेको बताएकी छिन् । ‘संस्थापक नेतृत्वका हिसाबले हामीले गरेका कामलाई निरन्तरता दिँदै फिने यूकेलाई अझ अगाडि बढाउन विनोद बराल अत्यन्त सक्षम व्यक्ति हुनुहुन्छ । उहाँको नेतृत्वमा आगामी दिनमा यस संस्थाको अझ प्रगति हुनेमा म विश्वस्त छु’ श्रेष्ठले भनेकी छिन् ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्