भूकम्प प्रभावितका लागि कांग्रेसले बनायो थप ५० टहरा
काठमाडौं । जाजरकोट भूकम्पबाट पीडितहरूकालागि एक हजार वटा अस्थायी आवास निर्माण गर्ने घोषणा गरेको कांग्रेसले रुकुम पश्चिममा थप ५० वटा टहरा निर्माण गरी हस्तान्तरण गरेको छ ।
केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी नेतृत्वको टोलीले रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा ५० वटा अस्थायी आवास निर्माण गरी हस्तान्तरण गरेको हो ।
‘म आफैँ पनि १० दिनसम्म फिल्डमा खटिएँ, हामीले दुई चरणमा गरेर ५० वटा अस्थायी आवास निर्माण गरी पीडितलाई हस्तान्तरण गरेका छौँ,’ केन्द्रीय सदस्य शिवाकोटीले भने ।
उनका अनुसार वडा नं। ११ मा २१ वटा, वडा नं। १२ मा ४ वटा, वडा नं। १३ मा ६ वटा र वडा नं। १४ मा १९ अस्थायी आवास निर्माण गरिएको छ ।
‘भूकम्पको यति लामो समय भइसक्यो, तर अझैपनि पीडितसम्म सरकार पुगेको छैन, एकल महिला, बृद्धबृद्धा, अभिभावक गुमाएका, अपाङ्गता भएका र परिवारका सदस्य विदेशमा भएकाहरूलाई सामान्य टहरो ठड्याउन पनि सकस परेको छ,’ उनले भने, ‘हामीले त्यस्तै परिवारलाई प्राथमिकतामा राखेर काम गरेका छौँ ।’
सरकारी राहत नपुगेको गाउँमा केन्द्रीय सदस्य शिवाकोटीले अस्थायी आवास बनाउन पीडित परिवारलाई भार नपर्ने गरी व्यवस्था गरी निर्माण गरेको बताए । सरकारले अस्थायी आवास तत्काल ५० हजार रुपैयाँका दरले अनुदान दिने निर्णय गरेको थियो । तर त्यो रकम पीडितको हातमा अहिलेसम्म पनि पुगिसकेको छैन ।
नेता शिवाकोटीले आफूहरूले पार्टीकै संयन्त्रमार्फत् देश विदेशबाट सहयोग रकम संकलन गरी आवास खडा गरेको बताए ।
कांग्रेस भूकम्प लगत्तै महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई प्रभावित क्षेत्रमा अनुगमन र सहजीकरणकालागि खटाएको थियो ।
फर्किएर आउँदा महामन्त्रीद्धय थापा र शर्माले अस्थायी आवास बनाउन तत्काल अनुदान दिन सिफारिस गरेका थिए भने कांग्रेस आफैँले एक हजार वटा अस्थायी आवास बनाउने घोषणा गरेका थिए ।
त्यसयता कांग्रेसका केन्द्रीय सदस्यहरूसहितको टोलीले निरन्तर आवास निर्माण गरिरहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #भूकम्प प्रभावितका लागि कांग्रेसले बनायो थप ५० टहरा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्