मृत अवस्थामा भेटियो जंगली हात्ती
विराटनगर । झापाको बाह्रदशी गाउँपालिका–१ बागमतामा एउटा जंगली हात्ती मृत अवस्थामा भेटिएको छ ।
प्रहरीका अनुसार भाले हात्ती बिहीबार मृत अवस्थामा फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्रप्रसाद रिजालका अनुसार तोरीबारीमा हात्ती मृत अवस्थामा फेला परेको हो ।
डिभिजन वन कार्यालय झापाका कर्मचारीको टोलीले हात्ती मृत भेटिएकोबारे कानुनी प्रक्रियासँगै अनुसन्धान गरिरहेका छन् ।
जंगली हात्ती झापाका विभिन्न गाउँमा प्रवेश गरी स्थानीय बासिन्दाले लगाएको बाली खाने र अरु भौतिक क्षति पुर्याउने गर्दै आएका छन् ।
भारतबाट प्रवेश गर्ने हात्तीको आक्रमणमा परी यसअघि झापा, मोरङ र सुनसरीका विभिन्न स्थानमा स्थानीय बासिन्दाले ज्यान गुमाएका छन् ।
गत सातामात्र ती तीन जिल्लाका चारजनाले हात्तीको आक्रमणमा ज्यान गुमाएका थिए ।
हात्तीबाट बाली जोगाउन स्थानीय बासिन्दाले विद्युतीय पासो थाप्ने गरेका छन् । त्यस्तै पासोमा परी हात्तीको मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #मृत अवस्थामा भेटियो जंगली हात्ती
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्