स्पष्ट कानुनी व्यवस्था नहुँदा आयोगको कार्यसम्पादनमा समस्या
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निमित्त सचिव गंगाप्रसाद पौडेलले कानुनको स्पष्ट व्यवस्था नहुँदा आयोगको कार्यसम्पादनमा समस्या भएको बताएका छन् ।
बुधवार काठमाडौंमा आयोजित सुशासन प्रवर्द्धन र सन्तुलित विकास सम्बन्धमा संघीय संसद र सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा उनले कानूनी र नीतिगत समस्या कारण आयोगका काम कारबाही प्रभावित भएको बताए ।
अख्तियार अनुसन्धान आयोगको भूमिका र अधिकारको स्पष्ट व्यवस्था नभएको बताउँदै उनले कानूनले राष्ट्रसेवक र सार्वजनिक प्रकृतिको कार्य गर्ने अधिकार समेट्न नसकेको बताए ।
उनले अख्तियारका काम कारबाहीका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८, भ्रष्टाचार निवारण ऐन, २०५९ मात्रै कानून रहेकोमा २०७२ सालको संविधानपछि अख्तियार दुरुपयोग अनुसन्धा आयोग ऐन, २०४८ निष्क्रिय जस्तै रहेको बताए ।
त्यस्तै, उनले भ्रष्टाचार निवारण ऐनले भ्रष्टाचारका कममा कस्ता मुद्दा दायर गर्ने, कसुर कस्तो लाग्ने, काम गर्ने लगायत व्यवस्था गरेको बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #स्पष्ट कानुनी व्यवस्था नहुँदा आयोगको कार्यसम्पादनमा समस्या
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्