तरकारी तथा फलफुलको विषादी परिक्षण रोकीदा कृषक समूह महासंघको यस्तो बिज्ञप्ती
काठमाडौ । नागरिकको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्नु जनउत्तरदायी सरकारको पहिलो कर्तब्य हो । नेपालले यसलाई संविधानको मौलिक हकको रुपमा सम्बोधन गरेको छ । कानुनी रुपमा यसले ठूलो महत्व राख्दछ । मौलिक हकको रक्षा गर्नु राज्यको दायित्व हो । सुखी नेपालीको परिकल्पना हरेक स्वस्थ नेपालीसंग गाँसिएको छ ।
यसको लागि करोडौ नागरिकको स्वास्थ्यमा प्रत्यक्ष प्रतिकुल असर पार्ने गरी विषादी प्रयोग गरिएका तरकारी तथा फलफूल आयत हुँदै आएकोमा नेपाल सरकारले भारत लगायत अन्य तेश्रो मुलुकबाट आयात गरिने फलफूल तथा तरकारी जन्य खाद्य पदार्थको विषादी परिक्षण विना नेपाल प्रबेश गर्न नदिने निर्णय गरेकोमा आम नेपालीले स्वागत गरी सरकारलाई धन्यवाद दिदै नेपाली कृषि उत्पादनले उचित मूल्य पाउने अवसरको शुरुवात भएको अवस्थामा उपभोक्ता एवं उत्पादक किसानको हितमा हुने गरी गरिएको निर्णय फिर्ता लिई विषादी परिक्षण रोक्ने सरकारको निर्णय प्रति कृषक समूह महासंघ नेपालको गम्भिर ध्यानाकर्षण भएको छ ।
आम नेपाली किसान र उपभोक्ताको हितमा प्रकृयागत निर्णय भई कार्यान्वयन भईरहेको अवस्थालाई ध्यान दिई खुट्टा नकमाई विषादी परिक्षण रोक्नेगरी भएको सरकारी निर्णय अभिलम्ब फिर्ता लिन र परिक्षणको प्रविधिलाई तत्काल सवल बनाई विषादी परीक्षण सुचारु गर्न कृषक समूह महासंघ नेपाल सरकारसंग जोडदार माग गर्दछ ।
क्याटेगोरी : समाचार
ट्याग : #कृषक समूह महासंघ, #फलफुलको विषादी परिक्षण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्