Techie IT
सोमबार, वैशाख २२,२०८२

तोलामा १३ सय रुपैयाँले घट्यो सुनको मूल्य


२४ मंसिर, काठमाडौं । आइतबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा एक हजार ३०० र चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको छ ।

आइतबार छापावाल सुनको मूल्य एक लाख १७ हजार ५०० रुपैयाँ, तेजाबी सुनको मूल्य एक लाख १६ हजार ९५० र चाँदीको मूल्य प्रतितोला एक हजार ४२५ रुपैयाँ कायम भएको छ ।


क्याटेगोरी : अर्थ, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Mostly Cloudy
5:18 am6:41 pm +0545