Techie IT
बिहीबार, कात्तिक २७,२०८३

भारतमा गुडिरहेकाे कारमा आगाे लागेपछि आठ जना जिउँदै जले


भारतकाे उत्तर प्रदेशस्थित बरेलीमा शनिबार राति कारमा आगलागी हुँदा आठ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक बालक पनि छन् ।

बरेलीको नैनीताल राजमार्गमा दुर्घटना भएको हो । बरेलीका एसएसपी सुशील चन्द्रभान धुलेका अनुसार राजमार्गमा गुडिरहेको कार ट्रकसँग ठोक्किएर आगो दन्केकाे थियाे । 

गाडी लक भएका कारण भित्र बसेका मानिसहरू तत्कालै बाहिर निस्कन सकेनन् । सामाजिक सञ्जालमा देखिएको फुटेजमा कारलाई आगोले लपेटिएको देखिन्छ । 

प्रहरीले आगो निभाएर कारबाट शव निकालेको थियो । भोजीपुरा नजिकै ट्रकसँग कार ठोक्किएको एसएसपी सुशील चन्द्रभान धुलेले बताए ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्