फेसबुक, ट्विटर सम्बद्ध संस्थाले पठायो सञ्चारमन्त्री शर्मालाई पत्र
एसियन इन्टरनेट कोलिसन( एआइसी) ले नेपालमा डिजिटल प्लेटफर्महरूमा भएको प्रतिबन्धबारे सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र पठाएको छ।
टिकटक बन्द र सामाजिक सञ्जाल नियमन गर्न ल्याइएको निर्देशिकामा उल्लिखित केही प्रावधानबारे ध्यानाकर्षण जनाउँदै एआइसीले सञ्चारमन्त्री रेखा शर्मालाई पत्र पठाएको हो।
उसले डिजिटल प्लेटफर्मलाई लिएर नेपाल सरकारले गरेका निर्णयहरू विश्वव्यापी अभ्यासविरूद्ध रहेको भन्दै त्यसबारे सँगै बसेर छलफल गर्न मन्त्री शर्मासँग अनुरोध गरेको छ।
एआइसीमा प्रविधि तथा सञ्चारको क्षेत्रमा काम गर्ने विश्वका प्रतिष्ठित कम्पनीहरू फेसबुक, ट्विटर, अमेजन, एप्पल, बुकिङ डटकम, लिंकडिन, राकुटेन, स्न्यापच्याट, स्पोटिफाइ, याहु लगायत सदस्य छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु र दूरसञ्चार प्राधिकरणलाई समेत बोधार्थ दिएर पठाइएको पत्रमा एआइसीले मुख्य रूपमा तीन विषयहरू उठाएको छ।
सरोकारवालाहरूसँगको छलफलबारे, सामाजिक सञ्जाल नियमन गर्न ल्याएको प्रावधानबारे र टिकटक बन्दबारे।
सरकारले सरोकारवालाहरूसँग छलफल नै नगरी सामाजिक सञ्जाल नियमन निर्देशिका ल्याएकामा एआइसीले ध्यानाकर्षण गराएको हो। एआइसीले डिजिटल प्लेटफर्म, त्यसको सञ्चालन र नियमनबारे सरोकारवालासँग छलफल गर्न सुझाएको छ।
‘एआइसी नीति निर्माणका लागि सबै निकायहरूको सहभागितामा विश्वास गर्छ,’ पत्रमा भनिएको छ, ‘अहिलेकै अवस्थामा एआइसीका सदस्यहरूले उनीहरूका प्लेटफर्म र सेवाहरू नेपाली प्रयोगकर्ता र व्यवसायहरूलाई उपलब्ध गराउन चुनौती छ।’
क्याटेगोरी : समाचार
ट्याग : #ट्विटर सम्बद्ध संस्थाले पठायो सञ्चारमन्त्री शर्मालाई पत्र, #फेसबुक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्