तिनपिप्ले रानीपौवा सडकको कालोपत्रे हुने, १ अर्ब ३३ करोड बराबरको ठेक्का आह्वान
नुवाकोट । पासाङल्हामु राजमार्ग अन्तर्गतको तिनपिप्ले९रानीपौवा सडकको डिभिजन सडक कार्यालय नुवाकोटले ठेक्का आह्वान गरेको छ । अर्थमन्त्री डा प्रकाशरशरण महतले १ अर्ब ३३ करोड २ सय ६८ रूपैयाँ स्रोत सुनिश्चत गरिदिएपछि डिभिजन सडक कार्यालय नुवाकोटले ठेक्का खोलेको हो ।
ठेक्का खुलेसँगै अर्थमन्त्री महतका स्वकीय सचिव समेत रहेका नुवाकोट कांग्रेसका सहसचिव उत्तम पाठकले अहिले आन्तरिक स्रोतबाटै सडक निर्माण गर्नका लागि स्रोत सुनिश्चत गरेर ठेक्का खोलिएका कारण पहिलेको जस्तो काम हुँदैन कि भनेर शंका गर्नु अवाश्यक नरहेको बताएका छन । उनले रानीपौवा भन्दा अगाडि ३ देखि ४ किलोमिटर सडक यही बजेटबाट स्तरोन्ती र कालोपत्रे हुने बताएका छन । पाठकले बाँकी सडक निर्माणका लागि पनि विभिन्न उपायको खोजी भैरहेको बताएका छन ।
सरकारले चालू आर्थिक वर्षको बजेट भाषणमा ५० करोड रूपैयाँ उक्त सडकका लागि बजेट विनियोजन गरेको थियो । सडकको डिपिआर तयार भएको र कुल लागत १ अर्ब ३३ करोड हुने अनुमान गरिएको छ । सडक निर्माणका लागि बहुबर्षिय ठेक्का खोल्ने कुरा यसअघि नै स्वीकृत भएको थियो । गत साउन ३२ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले पासाङल्हामु राजमार्ग अन्तर्गतको तिनपिप्ले-रानिपौवा सडकको बहुबर्षिय ठेक्का लागि स्वीकृत दिएका थिए ।
विगतमा अर्कै सडक आयोजनाबाट निर्माण गर्न खोजिएको यो सडकखण्ड यस पटक भने सरकारको सडक सुधार तथा विकास आयोजना निर्देशनालयले ठेक्का लगाउने छ । सडक सात मिटर चौडाइको कालोपत्रे हुनेछ । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका घरबेटी विवादित ठेकेदार शारदाप्रसाद अधिकारीसहितको जेभी ठेक्का भएर पनि काम नभएपछि ९ वर्षसम्म सडक भत्काएर अलपत्र पारिएको थियो । भारतको एक्जिम बैंकको ऋण लगानीमा विस्तार हुन लागेको सडकमा ठेक्का कतिपय शर्तका कारण काममा अफ्ठेरो हुँदै आएको सडक आयोजनाका कर्मचारीले बताउने गरेका छन । अहिले उक्त ठेक्का रद्द भैसकेको छ ।

क्याटेगोरी :
समाचार
ट्याग : #breaking, #तिनपिप्ले रानीपौवा सडक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्