जनकपुरमा अनुगमन गर्न थालेपछि अवैध औषधि पसलेको भागाभाग

२१ मंसिर, जनकपुरधाम । मधेशको राजधानी जनकपुरधाममा औषधि व्यवस्था विभागले अनुगमन थालेपछि अवैध औषधि पसल सञ्चालकले पसल बन्द गरेका छन् ।
विभागको शाखा कार्यालय वीरगञ्जका अधिकृत मुकेन्द्र पञ्जियार नेतृत्वमा आएको टोलीले गत मंगलबारदेखि औषधि पसल तथा फार्मेसीको अनुगमन गरिरहेको छ ।
सो क्रममा दर्ता बिनै सञ्चालित अधिकांश औषधि पसल सञ्चालक पसल बन्द गरी भागेको विभागको वीरगञ्ज शाखाका फार्मेसी अधिकृत सर्फराज अहमद खानले बताए ।
उनका अनुसार हस्पिटलको फार्मेसी, हलसेल फार्मेसी र औषधि पसल गरी ६५ वटामा अनुगमन गरिएको छ । जसमा अधिकांश अस्पतालहरुमा आफ्नो फार्मेसी नभएको र सटर भाडामा दिएर बाहिरका व्यक्तिले सञ्चालन गरको पाइएको छ ।
दर्ता भएका केही औषधि पसलमा फर्मासिस्ट नभएको र उपस्थित व्यक्तिले विभिन्न कामले उनीहरु बाहिर रहेको बताएका छन् । उनीहरूलाई फर्मासिस्ट आफैं बस्नु पर्ने अथवा अनुपस्थित भएमा बन्द गर्न सुझाव दिएको उनले बताए ।
बिगतमा पनि अनुगमनमा आउँदा अवैध औषधि पसल सञ्चालक बन्द गरेर भाग्ने गरेको टोलीको भनाइ छ
क्याटेगोरी : जीवनशैली, समाचार, स्वास्थ्य
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्